Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारअमेरिका व्यापार युद्ध हारिरहेको परिदृश्य

अमेरिका व्यापार युद्ध हारिरहेको परिदृश्य


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकी संस्थापकहरूको समर्थनमा चिनियाँ अर्थतन्त्रमाथि अमेरिकी सरकारको आक्रमणलाई गहिरो पारे । चीनमाथि आर्थिक आक्रमण गर्दा चमत्कारपूर्ण रूपले आपूmहरूलाई आर्थिक समृद्धि प्राप्त गर्ने अवसर सिर्जना हुने विश्वास गर्नेहरूले ट्रम्पको राजनीतिक आधारसँग जोडिएर व्यापार युद्ध राम्ररी खेल्ने देखियो । सन् २०१८ मा ट्रम्पले दुई खर्ब अमेरिकी डलर बराबरको विभिन्न किसिमका चिनियाँ वस्तुको अमेरिकी प्रवेशमा अतिरिक्त भन्सार शुल्क थपे । त्यसपछि ट्रम्पको प्रशासक हुवावे, जेडटीइ, टिकटकका माउ कम्पनी बाइट डान्स र विच्याट जस्ता ठूला चिनियाँ प्रविधि कम्पनीहरू विरूद्ध जाइ लाग्यो । यीमध्ये कुनै पनि उपायले धेरै राम्रो काम गरेन । ट्रम्पले उनको व्यापार युद्धका बारेमा नकारात्मक वैधानिक फैसलाको सामना गर्छन र अमेरिकी अर्थतन्त्र नकारात्मक क्षेत्रमा पुगेको समस्याको सामना गर्छन । यो ट्रम्प मात्रैका लागि होइन । रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टी दुबै पार्टीहरू अमेरिकी महत्वाकाङ्क्षाका अगाडि चीनलाई निहुराउने नीति प्रतिबद्ध छन । होइन भने अमेरिकाले यो नीतिबाट हटेर वा चीनसँग कुनै वार्ताको शुरूवात गरेको देखिनुपर्छ जुन बाटो अपेक्षित छ ।

कानुनी धक्का

विश्व व्यापार संगठन(डब्लुटीओ)मा गरिएका वैधानिक चुनौतीहरु र क्यालिफोर्नियाको उत्तरी जिल्लाका लागि अमेरिकी जिल्ला अदालतमा गरिएको वैधानिक चुनौतीहरूको फैसला ट्रम्प प्रशासन विरूद्ध गएको छ । यो अमेरिकी सरकारको नीतिप्रतिको झुकाउका लागि एक धक्का हो ।

ट्रम्पले चिनियाँ वस्तुको अमेरिकी पैठारीमा अतिरिक्त भन्सार महशुल लगाएको घोषणा गरेपछि चिनियाँ सरकारले डब्लुटीओको विवाद समाधान गर्ने संयन्त्रका माध्यमबाट यो विषयलाई औपचारिकरूपमा अगाडि बढायो । यो विषयको अध्ययन गरेपछि डब्लुटीओले एक फैसला लिएर आयो । सेप्टेम्बर १५,२०२०मा तीन सदस्यीय डब्लुटीओको एक प्यानेलले सन् १९९४को भन्सार तथा व्यापारसम्बन्धी महासम्झौता (गाट)का प्रावधान र डब्लुटीओमा स्थापित सन्धिको अमेरिकाले उल्लंघन गरेको फैसला सार्वजनिक ग¥यो । यो अमेरिकाका लागि एक गम्भीर पराजय थियो जसका विरूद्ध ट्रम्प प्रशासनले ६० दिनभित्र पुनरावेदन गर्न पाउनेछ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटजरले डब्लुटीओको फैसला विरूद्ध एक विज्ञप्ति निकालेर अमेरिकाले यो मुद्दा हार्ने देखिदैन भनी जनाए । साथै यो प्यानलको प्रतिवेदनको भत्र्सना पनि गरे । लाइटजरले भने “ट्रम्प प्रशासनले चार वर्षदेखि भन्दै आएको भनाइले पुष्टि गर्छ । डब्लुटीओले चीनको हानिकारक प्रविधि व्यवहारलाई रोक्न पूर्णरूपमा असफल छ ।”अमेरिकाले डब्लुटीओको अन्तिम फैसलाई कमजोर बनाउन उसको क्षमतालाई कमजोर बनाएको छ ।
डब्लुटीओको पुनरावेदन अदालतले अमेरिकाको नयाँ सदस्यलाई समावेश नगराए यसले काम गर्न नसक्ने बताएर कमजोर बनाएको छ ।

सन् १९९४ मा अमेरिकाले डब्लुटीओको निर्माण गर्न धेरै कानुनहरू लेख्यो र चीनलाई सन् २००१मा डब्लुटीओको सदस्य बनायो । अमेरिकाले विश्वभर आफ्नो नियन्त्रण रहेको अनुभव गरेसम्म डब्लुटीओले उसको स्वार्थमा काम ग¥यो जब चीनको अर्थतन्त्र त्यस स्तरको शक्तिको रूपमा विकास गरेको छ अब अमेरिकालाई डब्लुटीओका कानुनहरू उसका लागि बिसाउनुपर्ने भारी बन्न लागेको महसुस हुन थालेको छ । खुला व्यापार अमेरिका र उसका कम्पनीहरू जस्ता सरकारका लागि फलदायी हुने भएसम्म उपयोगी हुन्छ । अन्यथा खुला व्यापारको सिद्धान्त सहजै अस्वीकार गरिने हुन्छ ।

अमेरिकाभित्रै पनि ट्रम्पको नीतिका बारेमा आशंका गरिन्छ । अमेरिकाको एक न्यायधीशले चीनमा बस्ने मानिसहरूसागको सम्पर्क गर्ने माध्यम विच्याटको प्रयोगबाट अमेरिकी बासिन्दालाई रोक्ने ट्रम्पको प्रयासलाई कार्यान्वयन हुन नदिन एक रोक आदेशसहितको फैसलामा हस्ताक्षर गरे । अमेरिकी निर्वाचनपछि टिकटकमाथिको दबाब पनि कम हुन सक्नेछ ।

आर्थिक विचलन

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकका एक वरिष्ठ विश्लेषक सेन्ट लुइसले अमेरिकामा गरिएको अराजक लकडाउनको आर्थिक असर कम्तीमा एक पुस्ताका लागि महत्वपूर्ण आर्थिक धक्का दिने बताउँछन । अमेरिकाले यो धक्काबाट सहजै पार पाउने देखिदैन– उनलाई सोधिएको प्रश्नको जवाफमा बताए । चीनको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले चीनको सुधार धेरै राम्रो अवस्थामा रहेको देखिएको बताए । तर, अमेरिकी बजारमाथि चीनको कुनै पनि अलग्याउन नसकिने निर्भरताले चिनियाँ आर्थिक बृद्धिलाई नकारात्मक असर पार्नेछ ।

चीनले अपरिहार्यरूपमा कोभिड–१९को संक्रमण शृंखलालाई तोडेको छ यद्यपि अधिकारीहरूले नयाँ संक्रमण फैलिने हो कि भने अझ निगरानी गरिरहेका छन् । अमेरिका कोभिड–१९को दोस्रो लहरको कुरो के गर्नु पहिलो लहर नै टुङ्गिन बाँकी रहेको छ ।

यो भन्नुको अर्थ भनेको सन् २०२०को दोस्रो त्रैमासिकको शुरूमा चीनको कुल गार्हस्थ्य उत्पादन जीडीपी गत वर्षको तुलनामा ३.२ प्रतिशतले बढ्यो । यसैबीच अमेरिकी जीडीपी गत वर्षको तुलनामा नौ प्रतिशतले तल झ¥यो । चीन सुधारको बाटोमा रहिरहेको छ भने अमेरिकालाई यो संक्रमणको शिखर अमेरिकामा कहिले पुग्ने त्यो थाहा भएको छैन । अमेरिका र चीनले औद्योगिक उत्पादनका लागि विभिन्न मापदण्डहरू सार्वजनिक गर्छन तर यसको अन्तरले सापेक्षिाक प्रवृतिलाई असर पार्ने कुनै शंका देखिदैन । चीनले औद्योगिक प्रतिष्ठानहरूलाई जोडेर समग्र मूल्यको डेटा सार्वजनिक गर्छ । जस अनुसार अगस्ट २०२० मा गत वर्षको तुलनामा ५.६ प्रतिशतले बढ्यो भने अमेरिकाको औद्योगिक उत्पादन गत वर्षको तुलनामा ७.७ प्रतिशतले घटेको छ । चीनको औद्योगिक उत्पादनको स्तर गत वर्षको तुलनामा उच्च रहेको छ भने अमेरिकाको धेरै तल रहेको छ ।

चीनको धेरै धेरै गतिशील आर्थिक सुधारको परिणामले चीनको व्यापार सुधार अमेरिकाको तुलनामा धेरै धेरै द्रुतगतिमा छ । यो आयात र अन्य देशमा गरिने निर्यातका विषयमा स्पस्ट छ । जुलाईमा गत महिनाको अमेरिका र चीनको डेटा अनुसार चीनको आयात वैश्विक महामारीअघिको अवस्थामा करिब करिब आइपुगेको देखिन्छ । गत वर्षको तुलनामा एक प्रतिशतले तल छ । अमेरिकाको आयात गत वर्षको तुलनामा ११ प्रतिशतले तल छ ।
यी प्रवृतिहरूको परिणामले चीन कोभिड–१९को मन्दीपछिको अवस्थामा विश्वको आर्थिक सुधारको केन्द्रमा हुने देखाउँछ भने यसमा कोभिड–१९को मन्दीपछि अमेरिकाले करिब करिब शून्य योगदान दिने देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को नयाँ वैश्विक प्रक्षेपणहरूले सन् २०२०–२०२१मा चीनले ठोस बहुमत पाउने देखिन्छ । विश्वको बृद्धिको ५१ प्रतिशत चीनलाई जान्छ भने अमेरिकाका लागि तीन प्रतिशत मात्र हुनेछ । आईएमएफका नयाँ प्रक्षेपण अनुसार अमेरिकाका लागि गरिएको बृद्धि पनि बढाइचढाइ गरिएको देखिन्छ । विश्वका अधिकांश योगदान दिनेहरूमा चीनसँग बलियो आािर्थक सम्बन्ध राख्ने दक्षिण कोरिया, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र मलेसिया जस्ता एशियाली देशहरूको हिस्सा रहने आईएमएफका विश्लेषकहरूको अर्थतन्त्रसम्बन्धी व्याख्या छ ।

विश्वको अवस्थालाई विश्लेषण गर्दा कोभिड–१९को संकटले पार्ने असरले विकासशील र विकसित उन्नत अर्थतन्त्रहरूबीच विभाजित विश्वअर्थतन्त्रको विकासको प्रणालीमा धेरै नाटकीय असर पु¥याउँछ । आईएमएफको प्रक्षेपणहरूका लागि प्रयोग डेटाले सन् २०२१मा विकसित अर्थतन्त्रहरूको जीडीपी सन् २०१९को तुलनामा ३.६ प्रतिशत तल रहनेछ भने विकासशील देशहरूको अर्थतन्त्र सन् २०१९को तुलनामा २.७ प्रतिशतले बढ्नेछ । विकसित अर्थतन्त्रहरू विरूद्ध विकासशील अर्थतन्त्रहरूको पक्षमा विश्वको आर्थिक बृद्धिको यो वितरण एक महत्वपूर्ण विषय हो ।

अप्रिलमा आइएमएफले सन् २०२०–२०२१का बारेमा गरेको अनुमानहरूले ९५ प्रतिशत भन्दा बढी विश्वको आर्थिक बृद्धि विकासशील देशका अर्थतन्त्रहरूमा हुनेछ । अप्रिल आइएमएफ वल्र्ड इकोनोमिक आउटलुक डेटाबेसले प्रक्षेपण गरे अनुसार विश्वको बृद्धिको ५१ प्रतिशत चीन र ४४ प्रतिशत विकासशील देशहरूमा जानेछ । पाँच प्रतिशत भन्दा कम विश्वको आर्थिक बृद्धि उन्नत अर्थतन्त्रहरूमा जानेछ ।

चीनबाट विश्वव्यापारलाई पुन अगाडि बढाउने प्रयास र अमेरिकाबाट अगाडि बढाउने प्रयासको विषयमा भन्नुपर्दा चीनको धेरै धेरै द्रुतगतिमा अघि बढिरहको चिनियाँ अर्थतन्त्रको तुलनामा अमेरिकाले देशहरूलाई आफ्नो धेरै न्यून बृद्धिमा बाँधि राख्ने प्रयास गर्छ । यसले अन्य अर्थतन्त्रलाई बलियो गरी ध्वंस गरिरहेको पुष्टि गर्छ ।
(विजयप्रसाद जोन रोसद्वारा ‘ह्वाइ अमेरिकाज इकोनोमिक वार अन चाइना इज फलिङ’ शीर्षकमा लिखित आलेखका आधारमा ) समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस