अहिले आएर माओवादीले ठिक गर्यो !

अहिले ‘माओवादी भनेकै सरकार हो, सरकार भनेकै माओवादी हो’ भन्ने भाष्य जवर्जस्त निर्माण भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सरकार र पार्टी दुबैको नेतृत्व गरेर देश र जनताका हितमा एक पछि अर्को निर्णय गर्दे अघि बढेपछि पनि यसो भनिएको हो । वर्तमान सरकारको क्रियाशीलता देखेर जनता हर्षित बनिरहेका छन् । माओवादीले वाह-वाही पइरहेको छ । यो केवल आगामी निर्वाचनका लागि गरिएको 'ईस्टण्टवाजी' भने पटक्कै होइन, त्यसरी बुझनु पटक्कै हुँदैन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्ध थालेको अभियान यतिबेला परिणममूखी रुपमा देखिन थालेको छ । देशमा सुशासन र संविधानको कार्यान्वयन हुन थालेको यसले प्रमाणित गर्छ ।
पछिल्लो पटक सत्ता साझेदर दल नेपाली कांग्रेसका सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ परेपछि सरकारले गैर कानुनी कार्य गर्ने कसैलाई पनि बाँकी राख्दैन, देशमा सुशासन र कानुनी राज्यको परिपालना गर्छ भन्ने सन्देश प्रवाह भएको छ ।
एकतातिर प्रमुख जिम्मेवार प्रतिपक्षी दल नेकपा (एमाले) भने सरकार जनताकाबीचमा लोकप्रिय हुने भयो भयले निकै त्रसित बनेको छ । उसले एक क्लिन्टल सुन तस्करी प्रकरणलाई लिएर दुबै सदन चल्न दिएको छैन । यद्यपि यस प्रकरणको सत्य, तथ्य छानविन गर्नका लागि राज्यको संवैधानीक अंग सीआईबीलाई जिम्मेबारी प्रदान गरिएको छ ।
वर्तमान सरकारको क्रियाशीलता देखेर जनता हर्षित बनिरहेका छन् । माओवादीले वाह-वाही पइरहेको छ । यो केवल आगामी निर्वाचनका लागि गरिएको ‘ईस्टण्टवाजी’ भने पटक्कै होइन, त्यसरी बुझनु पटक्कै हुँदैन ।
जनताबाट एक्लिदै एमाले
एमाले ले सदन चल्न नदिँदा जनताका आवाज सदनमा सांसदहरुले अभिव्यक्त गर्न पाएका छैनन् । लामो समयदेखि संसद् अवरुद्ध हुँदा जनताका आवाज बोल्ने सांसदहरुको आवाज बन्द भएका छन् । पटक-पटक संसद अवरुद्ध हुँदा जनताप्रति एमाले उत्तरदायी हुन नसकेको सन्देश प्रवाह भएको छ। यसको अपजस एमालेकै थाप्लोमा परेको छ । बाढी, पहिरो आदि प्राकृतिक प्रकोपबाट जनता आक्रान्त भइरहँदा एमालेलाई त्यसबारे रत्तिभर चिन्ता देखिँदैन । त्यसैले एक जिम्मेवार प्रतिपक्ष दल एमाले ले विरोधको तरिका बदल्न जरुरी छ ।
एमालेद्वारा सदन अवरोध हुँदा देशका ऐन, नियम तथा कानुन बनाउनुपर्ने, संशोधन गर्नुपर्ने र संसदका आफ्ना नियमित कामहरुलाई अगाडी बढाउनुपर्ने कार्य रोकिएका छन् । वर्तमान सरकारले गरिराखेका राम्रा कामलाई समर्थन गर्न र अझ क्रान्तिकारी एवं जनहितकारी कार्यका लागि आवाज बुलन्द पार्ने संसद अवरुद्ध हुँदा एमाले नै जनताबाट एक्लिँदै गएको छ । एमालेको काम सरकारमा हुँदाखेरी संसद विघटन गर्ने र विपक्षमा भयो भने संसद अवरुद्ध गर्ने मात्र भइरहेको छ । यो कार्यले जनताका आवश्यकताहरु सम्बोधन हुँदैनन्, सरकारलाई अझ सकारात्मक बनाउनका लागि आलोचना गर्ने बाटो पनि बन्द हुन्छ।
सरकारका हरेक काममा एमालेको अर्गेल्याईँ
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मुखमा झुण्डिएको थेगो हो–'म पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न ।' तर यो भनाई एमालेमा लागू भएको पाइँदैन । एमाले नैं सरकारमा सहभागी भएका बेलामा देशमा ठूला भ्रष्टाचारका काण्डहरु भएका छन् । एमालेले भ्रष्टाचारलाई नै संस्थागत गरेको छ । यती, ओम्नी, वाइडबडी, बतास, पशुपति धर्मशाला, जलहरी, चियाबगान त भए नै भूटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड आदिमा एमाले नै मुछिनु सायद संयोग मात्र होइन ! यी काण्डका बारेमा थप अनुसान्धन बढिरहेका छन्, यसमा एमालेको अर्गेल्याईँ छ ।
तपाईको प्रतिक्रिया दिनुहोस