विकास पत्रकारिता अपरिहार्य

हिजोआज विकासका नाममा चिल्ला सडक बनाउँने, गाउँ गाउँमा डोजर चलाउने, वन विनाश गर्ने, कंक्रिटयुक्त संरचनाहरु निर्माण गर्ने कार्यमा बृद्धि भइरहेको छ । चाहिनेभन्दा बढी मात्रामा यातायातका साधन, कलकाखानाबाट उत्पादन हुने धुवाँ, कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड मानवजातिले स्वासमार्फत फोक्सोमा प्रवेश गराएर मन्द बिष सेवन गर्ने कार्यमा बढोत्तरी भइरहेको छ । त्यसो त बैज्ञानिक अविष्कारको होडबाजी नैं विकास हो भन्ने मानसिकताका कारण एटम बम, आणविक भट्टी र अत्याधुनिक हतियार बनाउने होडबाजी पनि संसारका बिकसित र शक्तिशाली भनिएका देशहरुले गरिरहेका छन् । मानव जातीलाई नैं ध्वंश पार्ने यस्तो क्रियाकलापलाई विकास भन्ने कि नभन्ने भन्ने कुरामा पनि बिभिन्न व्यक्ति र राष्ट्रको फरक मत रहँदै आएको छ ।
अहिले विश्वका तेस्रो दर्जाका भनिएका (अल्पविकसित तथा बिकासोन्मुख) मुलुकहरू विकसित भनिएका मुलुकहरूका लागि समस्याको विषय बन्दै गएका छन् । अल्पविकसित तथा गरिब भनिएका मुलुकले वन, जंगल, जडीबुटी, जल, हिमालय, विश्वबाटै लोप हुँदै गएका जनावर, कीरामिरा आदि नजोगाइदिने हो भने विकसित भनिएका मुलुकका मानिसहरू एक वर्ष त के एक महिना पनि धर्तीमा टिक्न सक्दैनन् । यसैले पर्यावरणीय चक्र धानिरहेको छ ।
त्यसैले विकास भनेको भौतिक वस्तु मात्र होइन । यो त स्वच्छ हावा हो, पानी हो, वातावरण हो । विकास भनेको धर्तीका सबै जीवहरूको जिउन पाउने अधिकार पनि हो । विकासका नाममा क्लोरोफ्लोरोकार्बन, कार्बनडाइअक्साइड लगायतका घातक तथा विषाक्त ग्यास र विकिरणहरू उत्पादन गरेर सेता हिमाल पगाल्न, जीवहरूको नाश गर्न हामी कसैलाई पनि छुट छैन । अबको विकास पत्रकारिताले यस्ता अजेन्डाहरूको उठान गर्नुपर्छ, जसले मानवजातिको मात्र नभई समग्र ब्रह्माण्डको र यस ब्रह्माण्डमा बसोबास गर्ने सबै जीवहरूको रक्षा गर्न सकियोस्, भलो गर्न सकियोस् ।
अबको विकास पत्रकारिताले सडक बन्यो मात्र होइन, उक्त सडक बनाउँदा कतिवटा रुख कटान भए? बिजुलीका तार टाँगिए मात्र होइन, त्यसले कति घरलाई लाभान्वित ग¥यो ? सरकारले कति खर्बको बजेट भाषण गर्यो मात्र होइन, बजेटमा लोपोन्मुख, अल्पसंख्यक, जनजाति, महिला, बालबालिका, टुहुरा, अपाङ्गता, विधुवा, बृद्धबृद्धा र कुन भौगोलिक क्षेत्रलाई के–कस्तो अवसर, व्यवस्था र सुविधा दिने नीति तथा कार्यक्रम ल्यायो यो मिहीन ढंगले केलाएर पर्गैल्न जरुरी छ ।
यस पृथ्वीमा पानीको भाग भन्दा माटोको भाग न्यून छ । तर पनि धर्तीमा रहेका प्राणी र बोटबिरुबाका लागि पानीको हाहाकार मच्चिन थालेको छ । अफ्रिका मात्र होइन कतिपय युरोपेली, अमेरिकी र एसियाली मुलुकमा पनि पानीको चरम अभाव वर्षेनी सिर्जना हुँदै आएको छ । नेपालको पनि सहरी क्षेत्रमा पिउने पानीको समस्या ज्वलन्त छ भने देशका विभिन्न ग्रामीण भेगमा खानेपानी, सिंचाइका लागि पर्याप्त पानीको अभाव नै छ । पानीका मुहानहरू बिस्तारै सुक्दै जान थालेका छन् भने जमिनमुनिको पानीको भण्डारण पनि काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रमा सुक्दै जान थालेको विभिन्न खोज तथा अनुसन्धानहरूले देखाएका छन् । यी सबै समस्या देखा पार्नुमा मानवजातिको सुखी, मोजमस्ती र आनन्दीपनाको जीवनशैली भोग्न चाहनुको परिणाम हो । विकासको नाममा सहरीया खानपान र जीवनशैलीले मानिसको स्वास्थ्यमा प्रतिकूल समस्या देखा पर्न थालेको छ । आजको पत्रकारिताले विकासको आँखाबाट यी कुराहरुको विश्लेषण गर्न जरुरी भएको छ ।
आजको विकास पत्रकारिताले मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले पुल तथा सार्वजनिक भवन शिलान्यास, बाटो उद्घाघाट, मन्दिर निर्माणको समाचार लेख्ने मात्र होइन, यी भौतिक सामग्री निर्माणका लागि सरकारले बिनियोजन गरेको बजेट सही सदुपयोग भयो कि भएन? भ्रष्टाचार भयो कि? समयमै सपन्न भयो कि भएन? वातावरणमैत्री भयो कि भएन ? आदि विषयमा गहिरिएर सोच्न, सोध्न, अनुसन्धान गर्न र खोजी गर्न सक्नु पर्छ । यति मात्र होइन विकास पत्रकारिताले सरकारले निर्माण गरेका नीति, कानून, ऐन, नियमहरुपनि जनमैत्री छन् कि छैनन्? ती विकासका बाधक छन् कि सेवक छन् ? भनेर खुट्याउन जरुरी छ । विकास पत्रकारिताले सरकारले हरेक क्षेत्रमा छुट्याएको बजेट कति सदुपयोग भयो र बजेट सिध्याउने नाममा कति बजेट आँखामा छारो हाल्नेगरी भए भनेर बिवेक, चेतना र आलोचनाको तेस्रो दृष्टिले हेरेर खोजिनीति गर्दै खबरदारी गर्न सक्नुपर्छ । अवको विकास पत्रकारिता सुशासन र समृद्धिसँग जोडिनै पर्छ ।
जसरी ‘बिकास’ आफैँमा गहन र फराकिलो छ, विकास पत्रकारिता पनि त्यस्तै छ । पञ्चायतकालको विकासको कुरा गर्ने हो भने त्यति बेलाका राजा र प्रधानमन्त्री देशका विभिन्न स्थानमा भ्रमण गर्न हवाईजहाज चढेर जान्थे । तत्कालीन सरकारी कर्मचारीहरुले विकासको नमुना देखाउन राजा र मन्त्रीको अगाडि नजिकैका खेतमा टिप्ने बेला भएका सागसब्जी रातारात गाडेर हरियाली पार्ने गरेको हामी पाउँछौँ । त्यो ‘कस्मेटिक कृषि क्रान्ति’ देखेर राजा र मन्त्रीहरु पनि मख्ख पर्थे र नेपाल कृषिप्रधान देश भएको र यो कुरा प्रमाणित भएकोमा खुशी हुँदै राजदरबार र सिंहदरबार फर्किन्थे ।
राजा र मन्त्रीहरु काठमाडौं फर्किएपछि उनीहरुको भ्रमणका बारेमा सञ्चारमाध्यममा सामाचार र तस्बिर छापिन्थे । उतिबेलाको यस्तो विकास र विकास पत्रकारिता देखेर राजा र मन्त्रीहरु खुशीले गद्गद् हुन्थे । यसैगरी दशकौँ बिते । यथार्थ एउटा र समाचार अर्कै भएपछि देशमा विकासको मूल फुट्नै सकेन । त्यति बेलाको पत्रकारिता ‘उहाँले यसो गर्नुभयो’, ‘यस्तो भन्नुभयो’ मै सिमित थियो । विकास पत्रकारिताको अर्थ जानिए र बुझिए पनि त्यतिबेला यसको सही अभ्यास नै हुन सकेन । विकास पत्रकारितका लागि गोरखापत्रले तत्कालीन संवाददाता किशोर नेपाललाई देशका विभिन्न ग्रामीण इलाकामा समाचार संकलनका लागि खटाउनुलाई भने प्रशंसनीय कार्य मान्नुपर्छ ।
हिजोका दिनमा देशको पत्रकारिता क्षेत्रमा दक्ष जनशक्तिको अभाव थियो । पत्रकारिताबारे ज्ञानको कमी थियो । त्यतिबेला पत्रकारिता अध्ययनका लागि क्याम्पस, शिक्षालय तथा तालिम केन्द्रहरु आजका जस्ता छ्यापछ्याप्ती खुलेका थिएनन् । त्यही भएर पनि विकास पत्रकारिताको उत्तिसारो विकास हुन सकेन, यसले फड्को मार्न पाएन । सञ्चारकर्मीमा ज्ञानको कमीले गर्दा पनि यसको दायरा फराकिलो हुन सकेन । जव देशको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले २०३० को दशकमा पत्रकारिता विषयको अध्यन तथा अध्यापन सुरु ग¥यो तब देशमा पत्रकारिताको शिक्षा फैलिदै गयो ।
तर आज न्यू मिडिया र सोसल मिडियाले गर्दा हरेक नागरिक पत्रकार बनिरहेका छन् । उनीहरू विकासका नाममा भएका र हुने गरेका हरेक गतिविधिहरू स्वयम् अध्यन, अनुसन्धान र अनुगमन गरी सञ्चारमध्यमहरूलाई समाचार सामाग्रीहरु उत्पादन मात्र गरिरहेका छैनन्, आफैं पनि ती विषयमा आलेख, समाचार तथा विचारहरू लेखेर पोस्ट गर्ने र सञ्चारमाध्यमलाई उपलब्ध गराउने समेत गरिरहेका छन् । यसले पनि नेपालको विकास पत्रकारितामा टेवा पुर्याएको मान्न सकिन्छ ।
अबको विकास पत्रकारिताले सडक बन्यो मात्र होइन, उक्त सडक बनाउँदा कतिवटा रुख कटान भए? बिजुलीका तार टाँगिए मात्र होइन, त्यसले कति घरलाई लाभान्वित ग¥यो ? सरकारले कति खर्बको बजेट भाषण गर्यो मात्र होइन, बजेटमा लोपोन्मुख, अल्पसंख्यक, जनजाति, महिला, बालबालिका, टुहुरा, अपाङ्गता, विधुवा, बृद्धबृद्धा र कुन भौगोलिक क्षेत्रलाई के–कस्तो अवसर, व्यवस्था र सुविधा दिने नीति तथा कार्यक्रम ल्यायो यो मिहीन ढंगले केलाएर पर्गैल्न जरुरी छ ।
विकास पत्रकारिताको दायरा निकै फराकिलो बन्दै गएको आजको सन्दर्भमा कम्तीमा पनि नेपाल सरकारको स्वामित्व तथा लगानीमा सञ्चालित चारवटा सञ्चारमाध्यमहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, रासस र नेपाल टेलिभिजनले यस्ता समाचार, विचार, आलेख र सम्पादकीयलाई प्रमुखताकासाथ स्थान दिएर अन्य सञ्चारगृहलाई पनि यसतर्फ लाग्न अभिप्रेरित गर्नुपर्छ । सरकारी सञ्चारमाध्यमले अभिभावकीय भूमिका निर्वाह गर्दै अघि बढ्नु पर्छ ।
अहिले भने परिस्थीति बदलिएको छ । देशले जनताका प्रतिनिधिहरुले बनाएको संविधान पाएको छ । संघियतामा आधारीत शासकीय स्वरुपको अभ्यास भैरहेको छ । संविधानले अधितम् अधिकारहरुको सुनिश्चितता गरेको छ । सबै किसिमका राजनितिक अधिकार प्राप्ति भैसकेको अबस्थामा अव देशलाई विकासको बाटोमा डो¥याउनु छ । त्यसैले विकास पत्रकारीता अवको मिशन बनाइनुपर्छ ।
विकासको चर्चा हुनेवित्तिकै भौतिक संरचनासँग जोडेर हेर्ने गरिन्छ । पत्रकारितामा भौतिक संरचनासँग जोडिएका विकासको समाचार, लेख रचना, टिप्पणी, विश्लेषण गर्नासाथ विकास पत्रकारिता भनेर अथ्र्याइन्छ । सरसर्ती हेर्दा यही नै होजस्तो भान हुन्छ तर सबै चीज यत्तिमै सीमित छैन । हिजोको व्याख्या विश्लेषण र आजको विश्लेषण, परिभाषामा भिन्नता छ । विकासलाई सतही रुपमा मात्र बुझ्ने कि त्यसलाई गहिरिएर बुझ्ने भन्नेमा फरक छ । शहरीया शिक्षित, पढेलेखेका व्यक्तिले बुझ्ने विकास, नीति निर्माताले बुझ्ने विकास र गाउँको सामान्य खेती किसानीले जीवन धान्ने किसानले बुझ्ने विकासमा फरक छ । विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनुपर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन । मानवीय विकास, लैङ्गिक विकास, वातावरण व्यवस्थापन, निजी क्षेत्रको विकास तथा क्षेत्रीय समन्वयले गरिबी निवारणमा पु¥याउन सक्ने योगदानबारे पनि नियमित समाचार र निगरानी अहिलेको आवश्यकता हो ।
केही बिगत र वर्तमान
नेपाली पत्रकारिता बिभिन्न कालखण्डमा भिन्न परिस्थीतिको सामना गर्दै अहिलेको अबस्थामा पुगेको छ । २००७ साल पहिले पत्रकारिताको विकास नै हुन सकेको थिएन भन्दा हुन्छ । औपचारिक रुपमा बिसं १९५८ बैशाख २४ गतेबाट ‘गोर्खापत्र’को प्रकाशनबाट सुरु भएपनि नेपाली पत्रकारितामा विकासका मुद्धाहरु झिनो बाहेक प्राथमिकतामा परेनन् । २००७ साल पछि नेपालमा पत्रकारिता क्षेत्रको विकास हुने वातावरण देखिएपनि २०१७ साल पुस १ गते राजा महेन्द्रले ‘कु’ गरे । त्यसपछि नेपालमा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम भयो । २०४६ पूर्वको नेपाली पत्रकारिता प्रजातन्त्र प्राप्तीको मिशनमा लाग्यो । २०४६ देखि २०६२/०६३ सम्म तुलनात्मक रुपमा नेपाली पत्रकारिता व्यावसायीक बन्दै गएको भएपनि द्धन्द्ध र राजाको प्रत्यक्ष शासनको मारमा पर्यो ।
अहिले भने परिस्थीति बदलिएको छ । देशले जनताका प्रतिनिधिहरुले बनाएको संविधान पाएको छ । संघियतामा आधारीत शासकीय स्वरुपको अभ्यास भैरहेको छ । संविधानले अधितम् अधिकारहरुको सुनिश्चितता गरेको छ । सबै किसिमका राजनितिक अधिकार प्राप्ति भैसकेको अबस्थामा अव देशलाई विकासको बाटोमा डोर्याउनु छ । त्यसैले विकास पत्रकारिता अवको मिशन बनाइनुपर्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस