विभिन्न चिरामा विभक्त ‘माओवादी’ ले गम्भीर आत्मसमीक्षा गर्लान ?

समाचार टिप्पणी
२०६४ मा भएको पहिलो संविधान सभाको चुनावमा माओवादीले प्रत्यक्षतर्फ स्पष्ट बहुमत अर्थात् एक सय २० सिटमा जीत हासिल गरेको थियो । कटुवाल प्रकरणका कारण हुँखाखाँदाको प्रधानमन्त्री पदबाट नैतिकताको आधारमा प्रचण्डले राजीनामा दिए र माओवादी ‘निर्णायक विद्रोह’ मा उत्रियो । ‘निर्णायक विद्रोह’ भनेर २०६६ सालमा सुरु गरेको छ दिने आन्दोलन माओवादीका लागि प्रत्युत्पादक बन्यो । संघीय गणतन्त्रपछिको पहिलो चुनावमा प्रत्यक्षतर्फ स्पष्ट बहुमत हासिल गरेको माओवादी त्यसपछि सम्पन्न तीनवटा (दोस्रो संविधान सभा र दुईवटा संसदीय) चुनावसम्म आइपुग्दा विर्सनयोग्य रुपमा आरालो लाग्यो । बिनाकुनै रोकावट निरन्तर ओरालो यात्रामा लागेको माओवादी पछिल्लो समय तङ्रिन सक्ने झिनो सङ्केत देखिएको छ ।
‘यो देशमा सक्नेले जे गरे पनि हुन्छ’, ‘शक्ति र सत्तामा पुगेकालाई जेसुकै गर्न छुट छ, कानुन लाग्दैन’, ‘जुन जोगी आए पनि कानै चिरेका’, ‘जुनसुकै नेता र पार्टी पनि उही ड्याङका मुला हुन्’ भन्नेजस्ता अनेकौं निराशापूर्ण भाष्य स्थापित गर्न खोजिएको थियो । पछिल्लो पटक माओवादी नेतृत्वको सरकारले गरेका केही कामले जनतामा झिनो नै सही आशा पलाएको छ । र, सबै उस्तै होइनन् कि ? भनेर प्रतिप्रश्न गर्नु पर्ने अवस्था सिर्जना हुँदै गएको छ ।
चरम निशाचर निराशा व्याप्त रहेको समयमा माओवादी नेतृत्वको सरकारले शुरु गरेका केही राम्रा कामले ‘हरेक कालो बादलमा चाँदीको घेरा लुकेको हुन्छ’ भनेजस्तै केही सकारात्मक सङ्केतमात्र होइन, एकपटक सबै उस्तै होइनन्, माओवादी माओवादी नै हो, केही ग¥यो भने माओवादीले मात्रै गर्न सक्छ भनेर प्रमाणित गर्ने अवसर पनि माओवादी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राप्त भएको छ । शायद संसदीय यात्राबाटै सुधारका काम गर्ने, गुमेको साख र अझ मृतप्रायः बनेको माओवादीका लागि ‘बौरिने’ यो अन्तिम अवसर हुन सक्छ ।
नागरिकको प्रत्यक्ष सरोकार र चासोका मुद्दालाई सम्बोधन गर्दै यो अवसरलाई परिणाममुखी बनाउन विगतको समीक्षा माओवादीको पहिलो प्राथमिकतामा हुनु पर्दछ । जनताले यतिबेला शासन र शासक होइन, सुशासन र सेवक खोजेका छन् । राहदानी लिन घामपानी, रातदिन नभनी लाइनमा बस्नु परेका जनताले, सास र लाशको आश नगरेर जीविकोपार्जनका लागि विदेशिनुको पीडा विर्सिएर राहदानी लिन महिनौं झण्झट व्यहोर्दै, ‘यो देशमा बसेर केही हुँदैन, पैसा तिरेर राज्यले सहजै दिनु पर्ने सुविधा लिन पनि यत्रो हैरान’ भन्दै नेता र नेतृत्वलाई सराप्दै आएका थिए । प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा यो समस्या हल भयो । यातायात, नापी, मालपोतलगायत सेवा क्षेत्रमा पनि व्याप्त यस्तै समस्या प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा हल हुँदै गएका छन् ।
चरम निशाचर निराशा व्याप्त रहेको समयमा माओवादी नेतृत्वको सरकारले शुरु गरेका केही राम्रा कामले ‘हरेक कालो बादलमा चाँदीको घेरा लुकेको हुन्छ’ भनेजस्तै केही सकारात्मक सङ्केतमात्र होइन, एकपटक सबै उस्तै होइनन्, माओवादी माओवादी नै हो, केही ग¥यो भने माओवादीले मात्रै गर्न सक्छ भनेर प्रमाणित गर्ने अवसर पनि माओवादी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्राप्त भएको छ । शायद संसदीय यात्राबाटै सुधारका काम गर्ने, गुमेको साख र अझ मृतप्रायः बनेको माओवादीका लागि ‘बौरिने’ यो अन्तिम अवसर हुन सक्छ ।
धेरै वर्ष भएकै छैन, झण्डै २२ घण्टा लामो लोडसेडिङ प्रचण्ड नेतृत्वकै सरकारका पालामा भएको थियो । विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर जडान र विद्युत उपभोग गर्ने वातावरण माओवादीकै पहलमा भएको हो । यतिबेला नेपाल विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ । यो अरु कसैले होइन, माओवादीकै पहलमा भएको हो । अहिले आवागमनमा सहज हुने गरी देशैभरि बनेका सडक सञ्जाल पनि माओवादी र प्रचण्डकै अग्रसरतामा सम्भव भएको हो ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीले भोग्दै आएका झण्झटपूर्ण प्रशासनिक समस्याको समाधान पनि माओवादी र प्रचण्डकै पहलमा सम्भव भएको छ । शैक्षिक शत्र सकिंदा बल्ल विद्यार्थीका हालमा पाठ्यपुस्तक पुग्ने परम्परा प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डकै प्रधानमन्त्रित्वकालमा तोडिएको छ । र, दुर्गम क्षेत्रका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गर्न सकेका छन् ।
भुटानी शरणार्थी प्रकरणमा भएको जघन्य अपराधको उत्खनन् प्रचण्डकै निर्देशनमा अघि बढेको छ । यो प्रकरणसँगै भ्रष्टाचारसँग सम्बन्धित अन्य काण्डलाई निष्कर्षतिर पु¥याउन सके सुशासनप्रति माओवादीको प्रतिबद्धतामाथि कसैले प्रश्न गर्न सक्ने छैन । विकास निर्माणमात्र होइन, सुशासन पनि माओवादीबाट मात्र सम्भव छ भन्ने पनि यी घटनामा प्रचण्ड नेतृत्वको सरकारको अग्रसरतालाई व्यवहारबाटै पुष्टि गर्नु पर्छ ।
कतिपय संसदीय राजनीतिक दलका नेताहरु मात्र हावादारी गफ गरेर ताली पाइरहेका छन् । सुशासन र सुधारका फेहरिस्त हेर्ने हो भने माओवादीबाट मात्रै भएका छन् । तर, गाली खाने चाहिं माओवादी मात्र भइरहेको छ । यसको गम्भीर समीक्षा माओवादीले गर्न सक्नु पर्छ ।
निश्चित रुपमा माओवादी नेतृत्वबाट केही कमजोरी भए होलान् । खासगरी माओवादी नेतृत्वमाथि लागेका केही संगीन आरोपको माओवादीले इमान्दारीपूर्वक समीक्षासहित सार्वजनिकीकरण गर्न सक्नु पर्छ । अर्को आफैभित्रको वैचारिक अस्पष्टता पनि माओवादी दुर्गतीको कारक भएकोमा शङ्का गर्नु पर्दैन । संसदीय सुधार कि गुणात्मक परिवर्तन वा माओवादीले भन्ने गरेको ‘फ्युजन’ भन्ने प्रश्नको हल गर्न नसकेपछि टुटफुट र विभाजनसहित माओवादी दुर्गतीको दिशामा भासिएको हो ।
इमान्दार पाखा लगाइने र ‘अवसर’ को खोजीमा रहेकाहरु हावी हुने महारोग पनि माओवादी पतनको एउटा ऐतिहासिक पाटो थियो । सङ्घर्षका बेला ‘कुमार’ कार्यकर्ता उत्पादन गर्ने माओवादी कारखाना (नेतृत्व)ले सत्ता र सरकारमा रहेका बेला ‘गणेश’ उत्पादन गर्न थाल्यो । यसले पनि आफूभित्रका कतिपय व्यावहारिक समस्या सैद्धान्तिकीकरण हुन पुग्यो । एकापसमा आशङ्का र अविश्वास पैदा गर्यो ।
यतिबेला विभिन्न चिरा र चिर्कटामा विभक्त ‘माओवादी’ हरुले गम्भीर आत्मसमीक्षा गरुन् । ‘एक्लै ढले पनि झण्डा नछोड्ने’ अठोटलाई व्यक्तिगत हिसावले सम्मान गर्न सकिएला । तर, के बृहद् रुपान्तरण र व्यापक जनपरिचालन त्यहीढिपीबाट सम्भव होला त ? अनि ज्यादै गतिशील बन्न खोज्दाको परिणामको समीक्षा पनि गर्ने हो भने र सही निष्कर्षमा पुग्ने हो भने माओवादी मरेको छैन, जागाज्युँदो र जाज्वल्यमान छ ।
एक्लै आफू ढल्दा झण्डा समाउने एक जना विकल्प तयार गर्न नसक्ने रुढ र संकीर्ण तथा जे–जसरी र जस्ता जमात जम्मा गरेर भए पनि आफू हावी भइरहन खोज्ने दुईवटै खतरनाक प्रवृत्ति माओवादी दुर्गतीको कारक थियो । अन्ततः यो दुवैप्रवृत्ति भुइँफुट्टा नै हो । सैद्धान्तिक र व्यावहारिक पाटोबारे वस्तुनिष्ठ समीक्षा गर्ने हो र बुझाइमा एकरुपता कायम गर्दै तथा धरातलीय यथार्थतालाई आत्मसात् गर्दै विभिन्न चिराचिर्कटामा विभक्त माओवादीहरुबीच इमान्दारीपूर्वक गरिने बृहद् ध्रुवीकरण यतिबेलाको आवश्यकता हो ।
प्रचण्ड नेतृत्वको वर्तमान र विगतका माओवादी सरकार र मन्त्रीले गरेका सकारात्मक कार्यको प्रचारको पनि त्यत्तिकै आवश्यकता पर्दछ । इमान्दार र परिपक्व पुराना पात्रहरुलाई पर्दा बाहिर ल्याई गतिशील बनाउने तथा नयाँ पुस्तालाई आकर्षित बनाउने कार्ययोजनासहित अघि बढ्न सकेमात्र माओवादी र नेपाली समाजको पुनर्जागरण सम्भव छ । यो कार्य अघि बढेमात्रै बृहद् बामपन्थी एकताको सम्भावना पनि पनि उत्तिकै बलियो बन्दै जाने वातावरण बन्नेछ । तथाकथित स्वतन्त्रका नाममा मात्र देशमा सिर्जना गर्न खोजिएको अव्यवस्था र अराजकताको अन्त्य सम्भव छ ।
क्याटेगोरी : बिचार
ट्याग : #breaking, #maobadi
प्रतिक्रिया