भ्रष्टाचारीको दोहोलो काढ्न समाजवादी मोर्चाको मूर्त रुप आवश्यक
सिद्धान्त भन्दा पनि पदीय लडाइँका लागि कम्युनिस्टहरु फुट्ने गरेको नेपालको बामपन्थी आन्दोलनको कमजोर पक्ष हो

नेपालमा कम्युनिस्ट पार्टीहरु गुट, फुट हुँदै अहिले पुनःजुट्ने झिनो प्रकृयामा छन् । बापन्थीहरु फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ । अहिले पनि कम्युनिष्ट पार्टीहरु बिभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भङ्गालाहरुमा परिणत भएका छन् । विशेषगरी राजतन्त्र फ्याक्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशीता, संघीयता धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु हाँसिल गर्ने भूमिका निर्वाह (दस वर्षे जनयुद्धको थालनी) गरेको तत्कालिन नेकपा (माओवादी) यतिबेला छिन्नभिन्नकै अवस्थामा छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) मा नामांकरण भएको छ । यो पार्टीले अहिले सरकार सञ्चालनको नेतृत्व समेत गरिरहेको छ । एक महिना अघि घोषणा भएको समाजवादी मोर्चाले नेपालका बापन्थीहरु पुनः एकताको डोरीमा बाँधिन लालायीत छन् भन्ने कुराको झिनो संकेत भने दिएको छ ।
जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड नैं यो देशको प्रधानमन्त्री हुनुहुन्छ, जनयुद्धकी संघर्षशील नेतृ रेखा शर्मा अहिले यो देशको सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनुहुन्छ, तर पनि सरकारी सञ्चारमाध्यमा प्रसंगबस लेखिएका लेख तथा आलेखहरुमा ‘जनयुद्ध’ शव्द उल्लेख गर्दा ‘सेन्सर’ लगाइन्छ किनकि ती सरकारी सञ्चारमाध्यमहरुमा अघिल्ला सरकारले नियुक्त गरेका कांग्रेस र एमाले पार्टी निकटका अध्यक्ष तथा व्यवस्थापन प्रमुख (जीएम) छन् ।
कुनै बेला एउटै पार्टीमा रहेका मोहन वैद्य (किरण) को नेतृत्वमा नेकपा–माओवादी पार्टी नमांकरण भएको छ । नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यथावत छ । त्यसैगरी डा. बाबुराम भट्राई नेतृत्वको पार्टी नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) बनेको छ । उपेन्द्र यादवको पार्टी जनता समाजवादीका नाममा दर्ता छ । गोपाल किराँतीले माओवादी केन्द्रबाट राजनीतिक कृयाकपालहरु अघि बढाउँदै आएका छन् । विप्लवसँग छुट्टिएका धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) निर्माण भएर पनि पुनः मोहन वैद्य नेतृत्वको पार्टीमा एकीकृत भएका छन् । त्यसैगरी कुनै समय प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहेका पूर्व सभासद् विश्भक्त दुलाल ‘आहुति’ नेतृवको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माण भएको छ ।
त्यसैगरी अन्य कम्युनिस्ट तथा बामपन्थी पार्टीहरुमा कर्णजित बुढाथोकी ‘शुशील’ अध्यक्ष रहेको नेकपा माओवादी समाजवादी पार्टी छ । ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी छ । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले) छ । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) निर्माण भएको छ भने चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी छ । नारायणमान विजुक्छेंको नेतृत्वमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) छ, जसले आफूलाई कम्युनिस्ट पार्टी नै भएको दाबी गर्छ । यी बाहेक राधाकृष्ण मैनाली, सीपी मैनाली लगायतले पनि आफूहरुलाई बापन्थी तथा कम्युनिस्ट भनेर दाबी गरेका छन् ।
कम्युनिस्ट भनेका क्रान्तिकारी हुन्छन् । उनीहरु परिवर्तनका आवाजहरु उठाउने शक्तिहरु हुन् । उनीहरु कार्ल माक्र्स, लेनिन, ऐंगेल्स, माओ, चेग्वेभारा आदि आदर्शवान व्यक्तिको विचारलाई २१ औँ सताब्दी अनुरुपमा ढालेरे विश्व परिस्थिती बुझन, जान्न र भोग्न प्रयत्नशील हुन्छन् । कम्युनिस्टहरु यथास्थितिमा रमाएर बस्दैनन् । द्वन्द्धात्मक भौतिकवाद नै कम्युनिस्टहरुको मूल मन्त्र हो । जब देशमा कुनै राजनैतिक संकट आइपर्छ तब नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एक हुनुपर्ने आबाज निकाल्छन् । पछिल्लो करिव तीन महिनादेखि प्रधानमन्त्री प्रचण्डले पनि माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको महसुश गर्दै एकताका निम्ति अपील गर्दै आउनु भएको छ ।
इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने छैनन् । आन्दोलनमा बगेको रगत र शहादत प्राप्त भएको वीरता खेर जाने छैन । राजतन्त्रको माग गर्दै सडकमा जम्मा हुनेगरेका पश्चगामी परिवर्तन बिरोधीहरुलाई एकपटक बामपन्थीहरुले एकजुट बनेर तर्साउने बेला आएको छ ।
गत फागुन १ गते जनयुद्ध दिवस मनाउँने क्रममा र जनयुद्धका बेपत्ता योद्धाको स्मरणमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विशेष जोड दिएरै कम्तिमा पनि जनयुद्धमा सहभागी सबै पूर्व माओवादी घटकहरु सके मिल्नुपर्ने नसकेपनि मिल्नने मुद्धाहरुमा कार्यगत एकता गरेर अघि बढ्ने र त्यसका लागि आफैँले पहल गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध थालनीको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने घोषणा गरेपछि र जनयुद्धका अयोग्य लडाकुहरुलाई रकम प्रदान गर्न सर्वोच्च अदालतले गरेको निर्णयलाई कार्यान्वयन गर्न लागेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बिरोध जाउँदै सत्तारुढ नेकपा (माओवादी) पार्टी र जनयुद्धलाई मात्र नभइ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै व्यक्तिगत रुपमा लाञ्छना लगाउँदै गालिगलौज गरेपछि पूर्व माओवादी घटकहरु मिल्ने संकेत देखा परेको थियो । तर बिस्तारै ती गालीगलौजहरु ओझेल पर्दै गएपछि पूर्व माओवादीहरु मिल्ने कुरा पनि सेलाउँदै गयो ।
जव नेपालको राजनीतिक दलका नेताहरु आपसी मतभेदमा रुमलिन्छन्, त्यसको फाइदा लिन देशी तथा विदेशी प्रतिकृयावादीहरु पटक–पटक सल्बलाएको नेपालको इतिहास छ । नेपालको कम्युनिस्ट आन्दोलन, खासगरी माओवादी धारका पार्टीहरुमा पनि आपसी मतभेदकै कारण वर्तमान स्थिती भोग्नु परेको तीतो यथार्थ हो । सिद्धान्त भन्दा पनि पदीय लडाइँका लागि कम्युनिस्टहरु फुट्ने गरेको नेपालको बामपन्थी आन्दोलनको कमजोर पक्ष हो । पछिल्लो उदाहरण हो, माओवादी केन्द्र र एमालेबीच भएको एकता अनि फुट । यो एकता केपी ओलीको व्यक्तिवादी चरित्रका कारण गुट हुँदै फुटमा रुपान्तरण भयो । विशेषतः माओवादीहरु नै गुट, र फुटमा रुमलिँदा मओवादी आन्दोलनले प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा उत्तिकै बढेर गएको छ ।
अझै पनि देशका सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरु र केही सञ्चारमाध्यमका सम्पादकहरु ‘जनयुद्ध’ शब्द सुन्नै चाहँदैनन् । जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड नैं यो देशको प्रधानमन्त्री हुनुहुन्छ, जनयुद्धकी संघर्षशील नेतृ रेखा शर्मा अहिले यो देशको सञ्चार तथा सूचना प्रविधि मन्त्री हुनुहुन्छ, तर पनि सरकारी सञ्चारमाध्यमा प्रसंगबस लेखिएका लेख तथा आलेखहरुमा ‘जनयुद्ध’ शव्द उल्लेख गर्दा ‘सेन्सर’ लगाइन्छ किनकि ती सरकारी सञ्चारमाध्यमहरुमा अघिल्ला सरकारले नियुक्त गरेका कांग्रेस र एमालेका पार्टी निकट अध्यक्ष तथा व्यवस्थापन प्रमुख (जीएम) छन् । जुन संघर्षले हाल देशको राजनैतिक सफलता (संघीयता, समावेशीता, धर्मनिरपेक्षता, राजतन्त्रको अन्त्य, र समाजवादउन्मुख) हासिल गरेको छ, त्यो जनयुद्धकै देन हो भन्न कत्ति पनि हिच्किचावट र ग्लानी छैन । दही खाने तर दही जमाएको ठेकी भने लात्ताले हान्ने प्रबृत्ति अझै पनि देखिन्छ ।
खासमा यो देशको परिवर्तनको एक महन्तपूर्ण सम्वाहक नैं माओवादी पार्टी हो । माओवादी आन्दोलन २०५२ सालदेखि एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो र बिस्तृत शान्तिसम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरित भयो । तर शान्ति प्रक्रियापछि यो पार्टी विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ । किनकि देशले वर्षौँदेखि जरा गाडेर बसेको भष्टाचार, बेथिती, बिसंगतिको अन्त्य खोजेको छ
खासमा यो देशको परिवर्तनको एक महन्तपूर्ण सम्वाहक नैं माओवादी पार्टी हो । माओवादी आन्दोलन २०५२ सालदेखि एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो र बिस्तृत शान्तिसम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरित भयो । तर शान्ति प्रक्रियापछि यो पार्टी विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ । किनकि देशले वर्षौँदेखि जरा गाडेर बसेको भष्टाचार, बेथिती, बिसंगतिको अन्त्य खोजेको छ । आर्थिक समृद्धि चाहेको छ ।
‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’भन्नेर लोकाचार मच्चाउनेहरु ललिता निवाको फाइल प्रचण्ड नेतृत्वको सरकारले खोल्न थालेपछि पहिचान खुल्ने डरले खुट्टा कमाउँदै बर्बराउँन थालेका छन् । परिवर्तन नचाहने र देशलाई फेरी पनि पुरानै दिशामा फर्काउन चेष्टा गर्नेहरुले टाउको उठाउन थालेका छन् । अब सम्भव भए सबै कम्युनिस्ट पार्टीहरु एक हुने, सम्भव नभए कम्तिमा पूर्व माओवादीहरु एक ठाउँमा आउने वा चाँडै समाजवादी मोर्चालाई मूर्त रुप दिने हो भने भ्रष्टाचारीहरु दोहोलो काढिने छन् । पूर्व माओवादी घटक मात्र नभई सम्पूर्ण बामपन्थीहरु आफ्ना टुटफुटका तिता अनुभवहरूलाई समीक्षा गर्दै एकजुट हुन अब पनि ढिला गर्नु हुँदैन । वर्तमान सरकारले गरिरहेको लोकप्रिय कामलाई अहिले बिभिन्न आरोप प्रत्यारोपहरु लगाउँदै शान्तिप्रकृया र बिस्तृत शान्तिसम्झौताका विरुद्धसमेत अगाडि बढ्ने कुचेष्टा भइरहेका छन्, यसका लागि बामपन्थी एकता एक मात्र शर्त हो ।
अहिले राजतन्त्रको पक्षमा केही व्यक्तिहरु बाटोमा निस्किदै छन् । तर इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने छैनन् । आन्दोलनमा बगेको रगत र शहादत प्राप्त भएको वीरता खेर जाने छैन । राजतन्त्रको माग गर्दै सडकमा जम्मा हुनेगरेका पश्चगामी परिवर्तन बिरोधीहरुलाई एकपटक बामपन्थीहरुले एकजुट बनेर तर्साउने बेला आएको छ । यो तथ्य नेपालको इतिहासमा पटक–पटक स्थापित भइसकेको पनि छ ।
तपाईको प्रतिक्रिया दिनुहोस