Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारएकैदिन बिदा भए दुई पात्र, कुन नायक कुन खलनायक ?

एकैदिन बिदा भए दुई पात्र, कुन नायक कुन खलनायक ?


नेपाली उखान “घाघी र टेवा” भनेझैं जनसरोकारका आयोग र प्राधिकरणबाट दुई पात्रको बहिर्गमन भएको छ । भदौ २८ गतेको शुभ शकुन छोप्न सफल भएका छन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरे र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । यी दुई पात्र ईच्छा शक्तिको अभाव तथा माथिको दबाबले नायक र खलनायकको भूमिकामा उभिन विवश बनाइए ।

समयले यी दुबै पात्रलाई सेवाबाट एकसाथ हुत्याएको छ । एक पात्र थोरै बदानामी कमाएर गयो अर्को प्रशंसा कमाएर सलामी खाएर जनप्रिय भयो यसमा दोष कसको : व्यवस्था, व्यक्ति, विधि, नीति, नियत्, संस्कार वा प्रथा ? यो अनुत्तरित र अनेकार्थक सवाल हुनसक्छ वा भनौ, सवाल दासत्वको पालना र स्वार्थमा ताडनासित सम्बन्धित छ । जसले दासताको लबेदा समायो बदनामको अख्तियारी पायो, जसले स्वार्थलाई ताडना दियो लाखौं सलाम खायो । चाकरी र निष्काम कर्मले नायक र खलनायकको श्रीपेच ओढाइदिएको हुनसक्छ ।

नेपालीहरु प्रजा शब्दबाट आजादी भएर जनता भएको शुभदिन २०४६ पश्चात् विकासका निकास खुले तर नियतको पुन्तुरो त्यही थियो जुन प्रजा हुदा भोगिएथ्यो । सभ्य सहरका अमिरहरुले थिच्ने बिजुली बत्तीको स्वीच मोफसलका फकिरहरुले पनि थिच्ने सौभाग्य पाए । दुर्भाग्य, तार, फ्युज, मिटरबक्स र बल्बभएर पनि रोशनी थिएन । गरिबका भान्सामा चिराक र यदाकदा मैन बत्तीमा सुसेधन्दा चल्दथ्यो । चौबिस घण्टामा नियमित १८ घण्टा ब्लाक आउट गरिन्थ्यो । यस चुहावटबाट प्राप्त लाभले उपत्यकामा महल उभ्याइन्थ्यो भनिथ्यो कि यस वर्ष वर्षाद कम भएकाले कुलेखानी जलाशयमा पानीको मात्रा कम भयो, सञ्चयको लागि ब्लाक आउट मात्र विकल्प छ ।

तर सत्य यो थिएन, अन्तिम सत्य यो थियो : साहु महाजनको कोठी र कलकारखानामा महङ्गो मूल्यमा बिजुलीको कालोबजारी गरिन्थ्यो । यो आँकलन सत्य सावित गरिदिए चारवर्ष अघि विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएका कुलमानले । अस्पतालमा बिरामीको एक्सरे गर्न, तत्काल कुनै कागजात छायाँप्रति निकाल्न, ग्याँस सकियो खाना पकउन, अँध्यारो भयो बत्ती बाल्न, आदि सामान्य तर अनिवार्य तथा तत्काल गर्र्नुपर्ने काम गर्न घण्टौं सर्वसाधारणलाई कुराउने सरकारी नियत्बाट मुक्त बनाउने कुलमान उर्फ कुलमान घिसिङ उज्यालो नेपालका पर्याय बने ।

उनकै पालामा वाइडबडी काण्ड, आयल निगमको जग्गा खरिद काण्ड, ओम्नी ग्रुपको कोरोना औषधी खरिद काण्ड, ललीता निवास जग्गा प्रकरण, यति समुह जग्गा भाडा काण्ड, गोकुल बास्कोटा अडियो (७० करोडसेक्युरिटी प्रिन्टिङ प्रेस खरिद) काण्ड, ३२ किलो सुन काण्ड, एनसिएल कर छुट काण्ड, आदि काण्डहरुको चाङ लाग्यो । भ्रष्ट्राचारको नामेट बनाउने हौवा पिटेर पसेका उनले पुरानै प्रमुखहरुको प्रवृत्तिलाई निरन्तरता दिएको देखियो । पचास, सय, हजार लिने खरिदार पियनलाई छोडेनन् तर करोडौं हसुर्नेलाई छुन सकेनन् ।

कुलमान घिसिङ कार्यकारी निर्देशक हुनुभन्दा अघिल्लो साँझ अठारदेखि बाइस घण्टा अँध्यारोमा उभिएका झुपडीहरु उनी वि.प्रा.का निर्देशक भएकै रातबाट चौबिस घण्टा उज्याला भए । यो बिजुली कता अल्झिएको थियो । विद्युत वितरणमा भएको कहाली लाग्दो ब्लाक आउटको सिण्डीकेट तोडेकाले सबै नेपाली उनलाई उज्यालको हिरो मान्छन् । वर्षौंको बेििथतिले थलिएको प्राधिकरण जादुको छडीजस्तो उनी अउने बित्तिकै सुधारमा आउनु कुनै चलचित्रको अभिनय थिएन थियो, त नियतवश गरिएको कृत्रिम अभाव ।

प्रायः सरकारी र अर्ध सरकारी संघसंस्थाका मुख्य पदमा जानेहरुले अग्रिम नजरानाका रुपमा चढाएको भेटी असुल उपरको नयाँ काइदालाई परिमार्जनमात्र घिसिङले गरेका होलान् । यसैले कहिले एलइडी बल्ब काण्ड त कहिले अनेक बखेडा झिकेर तर खान पल्किएका ढडेहरुले घेरबन्दी नगरेका होइनन् तर कर्तव्यनिष्ट राष्ट्रसेवको भुमिकामा चुकेनन् घिसिङ । वर्षौंदेखि नजरानाको बक्यौता बटुल्न बानी परेकाहरुको चोरदुलो बन्द गरी पौने तीन करोड जनताको हितमा काम गरी अविष्मरणीय छाप छोडे । बिरोध र घेराबन्दीका बाबाजुद कमिसन र राजनीतिक अकर्मण्यताले शिथिल प्राधिकरणलाई व्युताएका छन् कुलमानले ।

राजनीतिकर्मी, गृहिणी, विद्यार्थी, किसान, मजदुर, सबैका मनमा जमेका कुलमान देशका शान भएका छन् । करिब एघार करोडदेखि बढाबढको सौगात सुम्पेर गएका भक्तहरुले डुबाएको प्राधिकरण एकाएक माथि उठाउन सफल भएको देखिन्छ । विगतदेखि ३४ अर्ब ६१ करोडको सञ्चित घाटा चार वर्षको कार्यकालमा पूरा गरी ५ अर्बसञ्चित नाफामा पु¥याए भने २५ प्रतिशत विद्युत चुहावटलाई १५ प्रतिशतमा ओरालो लगाएको साथै ३५ प्रतिशत भारतीय आयातलाई २२ प्रतिशतमा झारेर नयाँ कीर्तिमान कायम गरिदिए । थप नयाँ प्रसारण लाइन बिस्तार लगायत्का प्रशस्त काम गरे पनि अति महत्वपूर्ण जनपक्षीय काम चाहि ब्लाक आउटको वा लोडसेडिङको अन्त नै बढी मानिन्छ । जुन कामले उनलाई इतिहासमा नायक बनाउने कुरा जनस्तरबाट आएका प्रतिक्रियाबाट पुष्टि हुन्छ ।

वर्तमान परिवेशमा देशको अति संवेदनशील क्षेत्रमा जिम्मेवारी सम्हाल्ने अवसर पाएका र कुलमानसितै अवकाश पाएका अर्का व्यक्तित्व हुन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमख आयुक्त नवीन कुमार घिमिरे । सार्वजनिक पद धारण गरेका अधिकारीले अख्तियारको दुरुपयोग गरे त्यसको अनुसन्धान तहकित गरी कार्वाहीगर्नसक्ने संवैधानिक अधिकार पाएका सर्वशक्तिमान अधिकारी हुन् घिमिरे । भ्रष्ट्राचारलाई शून्यतामा झार्ने र पूर्व प्रमुखहरुले समात्न नसकेका ठुला माछा जसरी पनि समात्ने प्रण गरेर टङ्गालको दरबारमा पदासिन घिमिरे प्रशंसा कम, विरोधको बढी सामना गर्नुपर्ने अवस्थामा बहिर्गमन भए ।

राजनीति पक्षपाती हुन्छ, त्यसको कोपभाजनबाट जोगाएर जनतामा समान रुपमा न्याय दिन संवैधानिक निकाय स्वतन्त्र हुनुपर्छ । तर नेपालमा दर्जनौ संवैधानिक आयोगहरु छन् र ती सबै आयोगहरुमा राजनीतिक भागवण्डाबाट नियुक्ति गरिन्छ । यसरी नियुक्ति पाएका पदाधिकारीले स्वतन्त्ररुपममा अधिकारको प्रयोग गर्न सक्दैनन् । जसको आशिर्वादले पद पाएको हो त्यसको गुण तिर्न पनि कानुन मिचेर मालिकमा भक्ति देखाउनु पर्छ ।

उनकै पालामा वाइडबडी काण्ड, आयल निगमको जग्गा खरिद काण्ड, ओम्नी ग्रुपको कोरोना औषधी खरिद काण्ड, ललीता निवास जग्गा प्रकरण, यति समुह जग्गा भाडा काण्ड, गोकुल बास्कोटा अडियो (७० करोडसेक्युरिटी प्रिन्टिङ प्रेस खरिद) काण्ड, ३२ किलो सुन काण्ड, एनसिएल कर छुट काण्ड, आदि काण्डहरुको चाङ लाग्यो । भ्रष्ट्राचारको नामेट बनाउने हौवा पिटेर पसेका उनले पुरानै प्रमुखहरुको प्रवृत्तिलाई निरन्तरता दिएको देखियो । पचास, सय, हजार लिने खरिदार पियनलाई छोडेनन् तर करोडौं हसुर्नेलाई छुन सकेनन् ।

अख्तियार सार्वजनिक पद धारण गर्नेहरुको निगरानीका लागि हो तर उनको निशानी व्यावसायीतिर सोझियो, त्यसमा पनि ठुला व्यवसायीको संरक्षण गर्ने र साना व्यवसायीको जरो उखेल्ने नियत राखियो । सिंहदरबार केन्द्रीत भ्रष्ट्राचार उनको पालामा मोफसलका टोलटोलमा पुगेको देखियो । नयाँ वानेश्वरको सिंहदरबार पूर्वको पशुपति नगरदेखि पश्चिमको झुलाघाट र वनबासामा पुग्यो भने भ्रष्ट्राचारको सञ्जाल पनि त्यहीसम्म बिस्तार भयो । जानाजान जनताका प्रतिनिधिको हवाला दिएर भएको खुला भ्रष्ट्राचारलाई नीतिगत र संस्थागत रुपमा कागजी प्रक्रिया मिलाएर उन्मुक्ति दिने काम तिव्र रुपमा गरेको देखियो भने खर्बौँ घोटला भएका काण्ड र भ्रष्ट्राचारीलाई राजनीतिक प्रभावमा परी जोगाउने, जघन्य अपराधलाई तामेलीमा राख्ने र जनतामाथि घात गर्ने काम गरे । यसले पद र पहुँचको दुरुपयोगमा अख्तियार आफैं दुरुपयोगमा भासिएको देखिन्छ ।

जानाजान जनताका प्रतिनिधिको हवाला दिएर भएको खुला भ्रष्ट्राचारलाई नीतिगत र संस्थागत रुपमा कागजी प्रक्रिया मिलाएर उन्मुक्ति दिने काम तिव्र रुपमा गरेको देखियो भने खर्बौँ घोटला भएका काण्ड र भ्रष्ट्राचारीलाई राजनीतिक प्रभावमा परी जोगाउने, जघन्य अपराधलाई तामेलीमा राख्ने र जनतामाथि घात गर्ने काम गरे । यसले पद र पहुँचको दुरुपयोगमा अख्तियार आफैं दुरुपयोगमा भासिएको देखिन्छ ।

अख्तियार दुरुपयोग निवारण आयोगलाई अनुसन्धान आयोग बनाएर हरेक सरकारले भ्रष्ट्राचारको निवारण गर्न होइन भ्रष्ट्रचारलाई संस्थागत बनाउने कानुनी बाटो बनाएको आभास हुन्छ । अख्तियारको दुरुपयोग रोक्न बनेको आयोगमा भागवण्डाबाट नियुक्ति पाएका प्रमुख आयुक्तहरु नै भ्रष्ट सावित भए । आयोगका पूर्व आयुक्त राजनारायण पाठकले गरेको घुस काण्ड र आयोगकै पूर्व प्रमुख दीप बस्न्यात माथि लागेको आरोप यसका प्रमाण हुन् । “दुधको साक्षी बिरालो” भनेझैं अख्तियार नै भ्रष्टहरुको अखडा बन्दैछ भन्ने आशंका जनस्तरमा जागेको छ । दुःखसाथ भन्नु पर्दा सिंहदरबारको भ्रष्ट्र मति देशको कुनाकुनामा अभ्यास भइरहेकोको बेला आयोगले यसलाई वैधता मात्र दिएको देखियो ।

राजनीति पक्षपाती हुन्छ, त्यसको कोपभाजनबाट जोगाएर जनतामा समान रुपमा न्याय दिन संवैधानिक निकाय स्वतन्त्र हुनुपर्छ । तर नेपालमा दर्जनौ संवैधानिक आयोगहरु छन् र ती सबै आयोगहरुमा राजनीतिक भागवण्डाबाट नियुक्ति गरिन्छ । यसरी नियुक्ति पाएका पदाधिकारीले स्वतन्त्ररुपममा अधिकारको प्रयोग गर्न सक्दैनन् । जसको आशिर्वादले पद पाएको हो त्यसको गुण तिर्न पनि कानुन मिचेर मालिकमा भक्ति देखाउनु पर्छ । यही इमान्दारिता निर्वाह गर्दा अख्तियार प्रमुखले स्वतन्त्ररुपमा काम गर्न नसकेको प्रतीत हुन्छ । घिमिरेले कामै नगरेको होइन । कामको थालनी अति आक्रमक भएर गरे । आफ्नै कर्मचारी राजनारायण पाठक, पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, ने.का. नेता विजय कुमार गच्छदार आदि ठुला माछालाई पनि बल्छी थापे तर उनको बल्छीको रसी तामेलीमा अल्झिनाले उनको कार्यकुशलतामा खिया लाग्यो ।

कार्य शैलीमा कसी लगाउँदा कुलमानले विद्युतको क्षेत्रमा अनमोल र अपरिमेय काम गरे । चाकडी र चाप्लुसी नगरी बफादार भई बेथितिको सामना गर्नाले उनी नायक भनिए । उनको पुनरागमनको चर्को माग उठेको छ । हरेक तह र तप्काका मनिसले कुलमान पुन नियुक्तिको अपेक्षा गरेर सार्वजनिक बहस चलाएका छन् भने घिमिरेले आफैं बोलेका कुरा पूरा गरेनन् । केन्द्रदेखि स्थानीय पालिकाहरुको भ्रष्ट प्रवृत्तिलाई संस्थागत र नीतिगत मान्यता दिए । “छोरी पिटेर बुहारी तर्साउने” भनेझैं तल्लो दर्जाका कर्मचारी र साना व्यवसायीलाई कार्वाही गरी उपल्लो तहका कर्मचारी र पहुँचवाला ठुला घरानाका व्यवसायीका मुद्धा तामेलीमा राखेर भ्रष्ट्रचारी र भ्रष्ट्राचारलाई ओथारो हालेकोले उनी खलनायक भनिए ।

संयोग भनौ वा तारतम्य यी दुवैको बहिर्गमन एकैदिन भयो । कार्य क्षेत्रमा सफल हुन लोभ लालच होइन ईच्छाशक्तिको खाँचो छ, चाप्लुसीको होइन कर्तव्य परायणता र निडरताको आवश्यकता छ । जबसम्म संवैधानिक आयोग तथा सार्वजनिक सरोकारका क्षेत्रमा स्वतन्त्र पद बहाली गरिंदैन तबसम्म जनताले समान अधिकार पाउँदैनन् । राष्ट्रसेवाको क्षेत्रमा मुठिभर कुलमान हुँदा लाखौ घिमिरे जन्मन्छन् । खोटाङ


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार