पल शाह र एलिजा गौतमको ‘आटो पिठो’ (भिडियोसहित)
भदौ, १६ । नायक पल शाह र नायिका एलिजा गौतम अभिनित आटो पिठो बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । भिडिओ लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको हो ।
गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वर रहेको उक्त गीतमा नायक शाह र नायिका गौतमको जोडदार अभिनय रहेको छ । दीपक शर्माको शब्द, संगीत रहेको उक्त गीतको एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।
भिडिओको छायाङ्कन भने रामकुमार केसीले गरेका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।
हेरौं भिडियो,
क्याटेगोरी :
भिडियो,
साहित्य