सक्छौँ हेर विषाणु जित्न सजिलै छाती बनाऊ दरो … (कर्णप्रिय स्वरसहित)

कोरोना भाइरस कसरी जित्न सकिन्छ भन्ने बारे शार्दूलविक्रीडित छन्द, कर्णप्रिय कबिता, अनि सुन्दर शब्दहरु ।
यत्रो संकटमा करोड मनको एउटै त हो बेदना
रोई हुन्न बिषाणु दूर अहिले बोक्नु नयाँ चेतना
उम्रेको जरुवा र लेक हिमको पानी पिएको तिमी
कोदो, गुन्द्रुक, सिस्नु फापरसँगै हौ हुर्किएको तिमी ।
आशा मार्नु हुँदै हुदैन डरले विश्वास संसार हो
जो निस्किन्छ हतारिएर पथमा उसको भने हार हो
खानु मिल्दछ जे मिठो र नमिठो आफ्नै छहारी मुनी
राख्नु धैर्य सवै सबै कहर यो सङ्लिन्छ पक्कै पनि ।
गर्दैछन् कति खोज रातदिन नै बिज्ञानका साधक
लड्दैछन् रणमा चिकित्सकहरु हाम्रै बनि रक्षक
आफ्नो ख्याल गरेस् तनाब नलिएस् भन्दै छु गाँठी कुरो
सक्छौँ हेर बिषाणु जित्न सहजै छाति बनाउँ दरो ।
सुनौँ कविता,
https://www.facebook.com/chandra57651681/videos/625024725091533
क्याटेगोरी : भिडियो, साहित्य
प्रतिक्रिया