Techie IT
×
गृहपृष्ठभिडियोअचम्मको टिभी शो ‘आम्मा कसम याँ दुख्छ’ सुरु हुने

अचम्मको टिभी शो ‘आम्मा कसम याँ दुख्छ’ सुरु हुने


काठमाडौं । अचम्मको टिभी शो ‘आम्मा कसम याँ दुख्छ’ सुरु हुने भएको छ । कार्यक्रम टक शो र रोस्ट शोको मिश्रित किसिमको हुने निर्देशक श्रद्धा प्रसाईंले बताइन् । यसमा आएका गेस्ट र होस्ट बिच अनौठो घोचपेच चल्नेछ । यस किसिम शो नेपालका लागि पहिलो भएको कार्यक्रमका सन्चालक विक्की अग्रवालले दावी गरेका छन् ।

यो शो प्राइम टाइम र ओएसआर डिजिटलबाट प्रशारण हुने छ । विहीबार राती नौ बजेबाट प्रशारण सुरु गरिने पहिलो शोको गेस्ट गायिका ज्योती मगर रहने आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
कार्यक्रमका कार्यकारी निर्माता अमन प्रताप अधिकारी, लेखक सुशान्त बस्याल र विकास अर्याल रहेका छन् भने कार्यक्रमलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन् । उक्त कार्यक्रमका सञ्चालन विक्की अग्रवालले गर्नेछन् भने अज्कल पुजारी र विना त्रिपाठीको पनि नियमित प्रस्तुती रहने छ ।




क्याटेगोरी : भिडियो
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार