Techie IT
×
गृहपृष्ठबिचार…त्यसपछि ओली बालकोटको बार्दलीबाट बर्बराउन थाले (अडियोसहित)

…त्यसपछि ओली बालकोटको बार्दलीबाट बर्बराउन थाले (अडियोसहित)


यतिबेला केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले महाधिवेशनको संघारमा छ । उसले अधिवेशनमा के विषबस्तुलाई प्रमुख प्रथमिकतासाथ उठाउला त्यो भने सतहमा जनस्तरले बुझ्नेगरी आइसकेको छैन । केपी ओली र उनका केही निकटतम नेताहरु संघीयता नै यो देशलाई चाहिँदैनथ्यो भन्दै सार्वजनिक स्थलमा भाषण गर्दै र सामाजिक सञ्जाल फोहोर गर्दै हिँडेका छन् । विगत ७० वर्षदेखि नेपाली जनताले बिभिन्न आन्दोलन र शाहदतमार्फत प्राप्त गरेको संघीयतामाथि अहिले उनीहरु धारेहात लगाउँदै न्वारानदेखिको बल निकालेर चिच्याइ रहेका छन् ।

देशमा परिवर्तनका खातिर नभई व्यक्ति हत्याको आरोपमा १४ वर्ष जेल जीवन बिताएको भनिएका केपी ओलीलाई त यो परिवर्तन मन परेकै छैन । एमाले भित्र पद र प्रतिष्ठाका लागि ओलीको दौराको फेरो समातेर केही बुज्रुक भनिएका नेताहरु पछि लागिरकेका छन् । विशेषगरी एमालेभित्र नीति, विधान, बिधी, पद्दतीको भन्दा पनि ‘बा’ शव्दावली नै निकै प्यारो बनेको छ । जसले ओली ‘बा’ को पूजा गर्न सक्यो ऊ नै नेता बन्ने प्रचलनको सुरुआत भएको छ । सायद अवको एमालेको महाधिवेशनले पनि एमाले होइन ‘बा’ माले नीति पारित गर्ला भन्ने आमनुमान छ । एमालेको गोदावरी भेलामा देखिएको ओलीको मस्कट, पानीको बोत्तलमा ओलीको फोटो टाँसिनुले पनि एमालेले माक्सवाद र लेलिनवादलाई छोडेर ‘ओलीवाद’ (म नै राज्य हुँ, म पद र सत्तामा नरहे कुर्सी भाँचिदिन्छु ) अंगिकार गर्न लागेको प्रस्ट हुन्छ ।

त्यही ‘ओलीवाद’ एक ज्वलन्त उदाहरण हो माधव नेपालको बिद्रोह र नेकपा एकीकृत समाजवादीको गठन । जनताको बहुदलीयय जनवाद (जबज)को ‘डेट एक्सपायर’ मन्त्र जप्दै संघीयता माथि नै धावा बोल्न विदेशी प्रतिकृयावादीहरुको इशारामा ओली पार्टी लागेपछि पूर्व प्रधानमन्त्रीसमेत भइसकेका माधव नेपाल र झलनाथ खनालहरुले बिद्रोह गरेका हुन् । आजको २१ औं सताव्दीमा कार्ल माक्स, लेलिन, माओ, एंगेल्सजस्ता दार्शनीक तथा राजनीतिज्ञहरुको शिद्धान्तलाई त समयसापेक्ष बनाउँदै, परिमार्जन गर्दै, परिस्कृत गर्दै जानुपर्नेमा उल्टै जबजलाई अन्धभक्त तरिकाले परिस्कृत नगरी अगाडी बढ्न खोज्नु एउटा कम्युनिस्ट र क्रान्तिकारी पार्टीका लागि हितकर हुँदैन ।

ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र भएकै हो भनेर जनतालाई बुझाउन जरुरी छ । अहिले ओलीहरुले माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र गरिरहेका छन् । सडकबाट विद्रोह गरेर पुनस्र्थापना भएको प्रतिनिधिसभालाई जनताको आवाज बुलन्द पार्ने थालोका रुपमा अघि बढाउनु पर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपरेको छ ।

देशमा राजतन्त्र अन्त्य गर्दै संघीय व्यवस्था लागू भएको वामपन्थीको खोल ओढेको एमालेलाई चित्त बुझेको छैन । परिवर्तन उल्ट्याउने ध्याउन्नमा एमाले लागिरहेको छ । त्यसलाई परास्त गर्दै जनस्तरमा चेतनाको अर्को बिऊ छर्ने अभिभारा अहिलेको सरकार सम्हाली रहेका दलहरुमा छ । ‘सबै वाम एक ठाम’ भन्ने नारा लिएर एकीकृत नेकपा माओवादीको पहलमा नेकपा एमालेसँग पार्टी एकता भएको थियो । तर ‘म वापन्थी हुँ’ भन्ने चिज त मुखले जपेर मात्र नहुने रहेछ । त्यो व्यवहारमा कार्यान्वयन हुनुपर्छ । एजेण्डाको हिसावले हेर्ने र भन्ने हो भने त अहिले नेपाली काँग्रेस धेरै क्रान्तिकारी देखिएको छ । जसले परिवर्तनको एजेण्डा जोगाउँदै थप उपलव्धी हात पार्न संघर्ष गर्छ वास्तबमा उही क्रान्तिकारी शक्ति हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै शव्दमा भन्ने हो भने काँग्रेस अहिले क्रातिकारी पार्टी बनेको छ ।

विश्वमा कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेको बेला दक्षिण एसियाली मुलुक नेपालले एकलौटी रुपमा (बहुमत) कम्युनिस्ट सत्ता सञ्चालन गरेको थियो । तर केपी ओलीको अंकार, स्वार्थी र एकांकीपनाले गर्दा नै उनको हातबाट सत्ता खोसियो । उनी बालकोटको बार्दलीबाट बर्बराउन बाध्य भए । ओलीको अहंकारले उनी एक्लै बाहिरिएनन् उनका अन्धभक्तहरु पनि सातवटै प्रदेशबाट गलहत्याइए ।

अव नेकपा माओवादी केन्द्रले उठाएका एजेण्डाहरुलाई जनताको घर–दैलोसम्म पु¥याउन जरुरी छ । ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र भएकै हो भनेर जनतालाई बुझाउन जरुरी छ । अहिले ओलीहरुले माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र गरिरहेका छन् । सडकबाट विद्रोह गरेर पुनस्र्थापना भएको प्रतिनिधिसभालाई जनताको आवाज बुलन्द पार्ने थालोका रुपमा अघि बढाउनु पर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपरेको छ ।

अहिले जनता र क्रान्तिकारीहरुमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । माओवादी सुस्ताएको थियो अब फेरि जागेका छ भनेर जनतासामु भन्न सक्नुपर्छ । अहिले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीकै एजेण्डाको वरपर छ ।

[email protected]

 




क्याटेगोरी : बिचार, भिडियो, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस