Techie IT
×
गृहपृष्ठपर्यटनआकर्षणको केन्द्र बन्दै झोरको भरना

आकर्षणको केन्द्र बन्दै झोरको भरना


काठमाडौँ, २० असार काठमाडौँबाट करिब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र हो । प्राकृतिक रुपमा ढुङ्गैढुङ्गाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।

त्यहाँ घुम्न जाने पर्यटक त्यहीँ झरनामा नझुमी र आनन्द नलिइकन फर्कन सक्दैनन् । त्यही भएर होला, काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिकाअन्तर्गत रहेको यो झरनामा हरेक वर्षको गर्मीयाममा मानिसको भीड लाग्ने गरेको छ । यतिबेला झोर झरनामा झुम्दै, रमाउँदै अनि आनन्द लिने आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति देखिन्छ ।


क्याटेगोरी : पर्यटन, बाग्मती प्रदेश


Leave a Reply

Your email address will not be published. Required fields are marked *