Techie IT
×
गृहपृष्ठपर्यटनचौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने पर्यटन बोर्डको प्रस्ताव

चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने पर्यटन बोर्डको प्रस्ताव


काठमाडौँ, ७ फागुन । नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल पर्यटन बोर्डले प्रस्ताव अघिसारेको छ । सीमित अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

‘राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि पर्यटकले नेपाल कति घुम्न सक्छन् ?’ उनले भने, ‘अब चौबिसै घण्टा पर्यटकीय बजार खोलौँ’
कोरोना सङ्क्रमणको परिस्थितिमा विगत एक वर्षमा बोर्डले गरेका काम सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उनले पर्यटक भित्र्याउन क्वारेन्टिन बाधक भएको स्पष्ट पारे । परिस्थिति सामान्य भइसक्दा पनि नेपालमा अन्तर्राष्ट्रियको उपस्थिति शून्यजस्तै भएकाले सरकारले पर्यटक भित्र्याउने सहज बाटो खोलिदिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक दूरी पालना गर्ने, मास्क लगाउनेजस्ता नियमलाई थाँती नै राखेर पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उनले बताए । विश्वका विभिन्न देशले विस्तारै अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गरेको अवस्थामा नेपाल अब पछाडि पर्न नहुने उनको भनाइ थियो । खासगरी छिमेकी मुलुक भारत र चीनलाई मात्र प्राथमिकतामा राखेर पनि नेपालले अबको पर्यटन फर्काउन सक्ने उनले बताए ।
कार्यक्रममा उनले कोरोना सङ्क्रमणका कारण बन्दाबन्दीको अवस्थामा नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकलाई लुक्ला, पोखरा तथा अन्य स्थानबाट एक हजार ७२१ जना पर्यटकको उद्धार गरेको जानकारी दिए। त्यस्तै ती पर्यटकलाई स्वदेश फर्काउन पनि बोर्डले सहजीरकण गरेको उनले बताए ।

त्यस्तै स्वास्थ्य प्रोटोकल तयार गरेर गतिविधि सञ्चालन गर्न सक्ने वातावरण तयार गरिएको पनि उनले जानकारी दिए । कोभिड–१९ का कारण थलिएको पर्यटन बजारलाई उकास्न सरोकारवालासँग छलफल र डिजिटल माध्यमबाट प्रवद्र्धनको काम जारी राखिएको उनले बताए।
पर्यटन प्रवद्र्धनका लागि यससँग सम्बन्धित तथ्याङ्क आवश्यक भएकोले बोर्ड अहिले त्यसको तयारीमा लागेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा डिजिटल डाटाबेस तयार गर्न लागिएको बताए ।

कोरोनाका कारण रोजगारी गुमाएका २५० जना मजदुरलाई अस्थायी प्रकृतिको काम उपलब्ध गराइएको र यसलाई थप विस्तार गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा उनले नेपालको पर्यटन क्षेत्र केही निश्चित ठाउँमा मात्र सीमित भएकाले अबको पर्यटन पहाडी क्षेत्रलाई केन्द्रित गरेर प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #market, #tourist

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)