Techie IT
×
गृहपृष्ठजनमञ्चगुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटियो, हेर्न जानेको भिड

गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटियो, हेर्न जानेको भिड


गुल्मी, २६ फागुन । गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा भेटिएको छ । छ दिनअघि हाडहाडेको बर्दबासमा रहेको धाराखोलामा झन्डै एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । गुफा भेटिएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घासलगायतका ठाउँबाट हेर्न जाने मानिसहरूको भिड बढ्दै गएको छ ।

दुम्सीको दुलो भनेर चिनिएको यस ठाउँमा मान्छे छिर्न सक्ने प्वाल रहेको थियो । गुफाभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकर्षक आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताए ।

गुफाभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकर्षक आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताए ।

नयाँ गुफा फेला परेको जनाकारी पाएपछि अहिले मानिसहरू अवलोकनका लागि पुग्ने गरेका छन । पाँच दिनको अवधिमा आठ सय जनाभन्दा धेरैले गुफाको अवलोकन गरिसकेका वडाध्यक्ष विष्टले बताए ।

मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि स्थानीयले यस ठाउँलाई साराको दुलोको नामले चिनाएका थिए । केही दिनअघि गफगाफको क्रममा स्थानीयले यस ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए । सबै मिलेर छलफल गरेपछि गुफाभित्र पसेर हेर्ने निष्कर्षपछि वडाध्यक्ष विष्टकै पहलमा स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा प्वालभित्र जाँदा गुफा रहेको पत्ता लागेको हो । यस गुफाको चौडाइ र उचाई पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ ।

नयाँ फेला परेको गुफालाई स्थानीयले ुधनिश्वर मनोरम नागेश्वर गुफाु भनी नामाकरण गरेका छन् । गुफालाई संरक्षण गर्नका लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठनसमेत गरिएको छ । हाडहाडेमा भेटिएको नयाँ गुफासँगै धुर्कोट गाउँपालिकामा ुविचित्र गुफासहितु गुफाको सङ्ख्या दुई वटा पुगेको छ ।


क्याटेगोरी : जनमञ्च, पर्यटन, रोचक
ट्याग : #cave, #gufa, #gulmi, #hot


प्रतिक्रिया दिनुहोस