Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठपर्यटनहिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आए

हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आए


काठमाडौं, ३१ भदौ । बहराइनका राजकुमारसहितको टोली नेपालका दुई हिमाल आरोहण गर्न काठमाडौं आइपुगेको छ । उनीहरु चढेको जहाज बिहान करिव ११ बजे काठमाडौं बिमानस्थलमा अवतरण गरेको हो ।

उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । जहाज बहराइनबाट राती १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।

त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको जनाइएको छ ।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार