काठमाडौं, १६ भदौ । मुलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो ९पुम्से० प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, उत्तिनै रजत र ५ कांस्यसाथ मुलपानी टिम च्याम्पियन बनेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिामा १ स्वर्ण, २ रजत र १ कांस्यसहित चितवन दोश्रो भयो । समान १–१ स्वर्ण, रजत र कांस्य जितेको कैलालीले तेश्रो स्थानमा चित्त बुझायो । प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले १–१ स्वर्ण हात पारे ।
प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यु–१८ पुरुष एकलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता अस्मिन राउतले स्वर्ण जिते । स्युचाटारका अस्मिनले ६.५३ अंक जोडे । चितवनका अब्बास खान ९५.९६० ले रजत तथा चितवनकै सागर बराल ९५.८३० र कैलालीका लक्ष्मण श्रेष्ठ ९५.६३० ले कांस्य जिते । उक्त स्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६.५० अंकसाथ पहिलो भइन् । चितवनकी जैनब खातुन ९६.२०० दोश्रो तथा मुलपानीकी अस्मिता नगरकोटी ९६.१३० र सुनसरीकी सुदेशना गुरुङ ९५.७६० तेश्रो भए ।
यु–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे । १३ औं सागका कांस्यधारी प्रहरीका उनले ६.७३ अंक हासिल गरे । सेनाका दीपेन्द्र गुरुङ ६.५० अंकसाथ दोश्रो भए । दीपेन्द्र पनि १३ औं सागका कांस्य विजेता हुन् । मुलपानीका पुष्पप्रसाद गौतम ९६.२०० तथा दोलखाका नोर्बु मोक्तान ९५.९६० संयुक्त रुपमा तेश्रो स्थानमा रहे ।
सोही स्पर्धाको महिलामा १३ औं सागका स्वर्ण विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यसमा सेनाकी निताले बाजी मारिन् । ६.७० अंकसाथ निताले स्वर्ण चुमिन् भने स्युचाटारकी सन्जिला ६.५६ अंकसाथ रजतमा सीमित भइन् । मुलपानीकी चन्दु शाही ९६.१६० तथा दाङकी सुनिता विष्ट ९५.४३० तेश्रो बने ।
पुरुष ४१ वर्षमाथि मुलपानीका मधुसुदन सापकोटाले स्वर्ण जिते ।
उनले ५.९० अंक प्राप्त गरे । ट्राभल व्यवसायी ४२ वर्षीय मधुसुदनले करिब ३ वर्षअघि मात्र तेक्वान्दो खेल्न सुरु गरेका हुन् । कैलालीका आशिष चन्द ९५.६०० दोश्रो तथा रुपन्देहीका विकास उदय ९५.४६० र गैरीगाउँका सोभितमान गिरी ९५.४६० तेश्रो भए । यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
क्याटेगोरी :
खेलकुद