Techie IT
×
गृहपृष्ठखेलकुदभर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण

भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण


काठमाडौं, १४ भदौं मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा मुलापानीले २ स्वर्ण जितेको हो । त्यसबाहेक मुलपानीले ३ रजत र २ कांस्य पनि हात पा¥यो । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

यु–१२ पुरुष एकलमा मुलपानीका भिजन तामाङ पहिलो भए । उनले ६.३३ अंक जोडे । काभ्रेस्थलीका मिराज केसी ९६.२३० दोश्रो तथा मुलपानीका रोनिश नगरकोटी ९६.१३० र मुलपानीकै ईश्वर पराजुली ९६.०३० तेश्रो भए । सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जितिन् । पुर्णिमाले ६.९३ अंक जोडिन् । मुलपानीकी मेलिना राई ९६.५०० ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा ९६.३०० र काभ्रेस्थलीकी सुस्मिता कार्की ९६.२०० ले कांस्य हात पारे ।

यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६.२६ अंकसहित शीर्ष स्थानमा रहे । मुलपानीका आयुश ढुंगेल ९६.१४० द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ ९६.१३० र चन्द्रसूर्यका योग्य राई ९६.०६० तृतीय बने । त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाज्पईं पहिलो भइन् । आचलले ६.४६ अंक प्राप्त गरिन् । ६.३३ अंकसाथ मुलपानीकी प्रगति कुइकेल दोश्रो भइन् । विजेश्वरीकी प्राप्ति पुन ९६.१६० तथा काभ्रेस्थलीकी विनिशा खड्गी ९६.१०० ले तेश्रो स्थान हासिल गरे ।

पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । उनले ५.९३ अंक जोडे । मैत्रीका रामचन्द्र व्यञ्जन्कार ९५.६६० दोश्रो तथा बागलुङका नन्द विष्ट ९५।५६० र योन्सुफका दुर्गामान तामाङ ९५.३६० तेश्रो भए । उक्त स्पर्धाको महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् । तृप्तिले ५.४३ तथा जानकीले ५.१६ अंक जोडे ।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोश्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्ने छ ।

अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस