Techie IT
×
गृहपृष्ठखेलकुदक्यारेबियन प्रिमियर लिग : सन्दीप लामिछाने सहभागी टिम जमैकाको जित

क्यारेबियन प्रिमियर लिग : सन्दीप लामिछाने सहभागी टिम जमैकाको जित


काठमाण्डौ, १४ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएलं) मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ ।

आज बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।

जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २(२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #hot


प्रतिक्रिया दिनुहोस