Techie IT
×
गृहपृष्ठखेलकुदप्रथम काठमाडौं भर्चुअल तेक्वान्दो हुने, तयारी पुरा

प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो हुने, तयारी पुरा


काठमाडौं, १२ भदौ काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको छ ।

पुम्से विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेतासहित १ सय ७० खेलाडीको सहभागिता रहने बताइएको छ । १३ औं सागका स्वर्ण विजेता निता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३ औं सागका कांस्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।

शनिबार र आइतबार हुने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी जम्मा ११ स्पर्धामा खेल हुने छ । पहिलो दिन ६ स्वर्णको छिनोफानो हुने अध्यक्ष खड्काले जानकारी गराए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले भिडियो सन्देश मार्फत प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस