Techie IT
×
गृहपृष्ठखेलकुदविश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण

विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण


भदौ ९ । विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जमैकाको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

आफ्नो ३४ औँ जन्मदिनको अवसरमा भव्य पार्टीको आयोजनापछि ओलम्पिकमा आठ पटक स्वर्ण पदक जितेका बोल्टमा सङ्क्रमण देखिएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा भिडियो म्यासेज दिँदै बोल्टले गएको शनिबार आफूमा सङ्क्रमण पुष्टि भएको र अहिले जमैकामा रहेको घरमा आइसोलेशनमा बसेको बताएका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस