Techie IT
×
गृहपृष्ठखेलकुदतेक्वान्दो संघले दुई सय जनाको कोरोना विमा गर्ने

तेक्वान्दो संघले दुई सय जनाको कोरोना विमा गर्ने


काठमाडौं, ५ भदौ काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना विमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए । प्रत्येकको ५० हजारका दरले बिमा गर्न लागिएको हो ।

काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Corona, #hot

प्रतिक्रिया दिनुहोस