Techie IT
×
गृहपृष्ठखेलकुदमहिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने


काठमाण्डौ, १९ असार । महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

बंगलादेशको ढाकामा आज बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । त्यही प्रस्तावलाई समितिले अनुमोदन गरेको हो । साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस