Techie IT
×
गृहपृष्ठखेलकुदफिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो


काठमाण्डौ, ९ असार । फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेको छ । अघिल्लो वरीयतामा नेपाल एक सय ६८ औँ स्थानमा रहेको थियो ।

नेपालले गएको जेठमा कुवेतमा एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा खेल खेलेको थियो । छनोटमा समूह चरणको तीन वटै खेलमा नेपाल पराजित भएको थियो, त्यही हारको असर यो वरीयतामा परेको हो ।

छनोट अन्तर्गत नेपाल पहिलो जोर्डनसँग दुई–शू्न्य, दोस्रो खेलमा कुवेतसँग चार–एक र तेस्रो खेलमा इन्डोनेसियासँग सात–शून्य गोलले पराजित भएको थियो ।

फिफा वरीयताको शीर्ष पाँचमा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड रहेका छन् । त्यस्तै स्पेन, इटली, नेदरल्यान्ड्स, पोर्चुगल र डेनमार्क शीर्ष दशमा अटाएका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #fifa, #football, #hot


तपाईको प्रतिक्रिया दिनुहोस