गृहपृष्ठ ∕
खेलकुद ∕
खेलकुद परिषद्का सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन
खेलकुद परिषद्का सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा छानबिन उपसमिति गठन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड सदस्य गोबिन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानबिन उपसमिति गठन गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले संयोजकको जिम्मेवारी दिएको पत्र भट्टराईलाई हस्तान्तरण गरे ।
उपसमितिको सदस्यमा तालिम तथा प्रशिक्षण बिभागका प्रमुख अर्जनवहादुर बिक,राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई,कानुन शाखा प्रमुख नारायण अर्याल र लेख अधिकृत पासङफिजिङ शेर्पा रहेका छन् ।
उपसतितिले १३औं साग सन्दर्भमा ब्याडमिन्टन खेलका खेलाडीहरुले जुत्ता नपाएको, खेल पोशाक र खेल सामाग्री गुणस्तर नभएको भनि राखेपका सदस्य सुभाष श्रेष्ठले एक टेलिभिजनमा दिएको अन्तर्वातालाई अल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयकोगत साउन २९ को पत्र बमोजिम के कसो भएको हो ? सो बिषयमा छानबिन गर्न निर्देशिन भएकोमा सम्पूर्ण अधिकार सहित सत्य तथ्य पत्ता लगाई २१ दिन भित्र छानबिन गरि रिपोर्ट बुझाउन पत्रमा उल्लेख छ ।
सोही उपसमितिले सातदोबाटो स्थित अन्तराष्ट्रिय खेल परिसरमा रुख कटान गरिएको सम्बन्धमा पनि छानबिन गरि रिपोट बुझाउने जिम्मेवारी पाएको छ ।
क्याटेगोरी :
खेलकुद