Techie IT
×
गृहपृष्ठखेलकुदखेल पत्रकारलाई भलिबल संघका रोशनले दिए मास्क र सेनिटाइजर

खेल पत्रकारलाई भलिबल संघका रोशनले दिए मास्क र सेनिटाइजर


काठमाडौं, ३० जेठ । कोरोना भाईरस (कोभिड–१९) महामारी विरुद्ध लड्नका लागि नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरुलाई सुक्रबार मास्क र सेनिटाईजर सहयोग गरेका छन् ।

संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई एक सय थान केएन–९५ मास्क र एक सय थान सेनिटाईजर हस्तान्तरण गरेका हुन् । श्रेष्ठले पुल्चोक इन्जिनियरिङ कलेज अल्मुनाई एसोसिएसन र दावाली मिलन क्लबको तर्फबाट उक्त सामग्री सहयोग गरेको बताए ।

‘कोरोनाविरुद्धको युद्ध सामुहिक भावनाले मात्र जित्न सकिन्छ । फ्रन्ट लाईनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाको लागि सानो सहयोग गरेका हौं,’ श्रेष्ठले भने ।
मञ्चका अध्यक्ष सुवेदीले महामारीकोबीच काममा निरन्तर लागिरहने पत्रकार साथीहरुको लागि प्राप्त सहयोग प्रति धन्यवाद ज्ञापन गरे । श्रेष्ठको पहलमा यसअघि पनि नेपाल चिकित्सक संघलाई एक हजार थान केएन–९५ मास्क सहयोग गरिएको थियो ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस