Techie IT
×
गृहपृष्ठखेलकुदतेक्वान्दोका निर्णायक अशोकको प्रशंसा

तेक्वान्दोका निर्णायक अशोकको प्रशंसा


काठमाडौं, ३० जेठ । कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काको कार्यको प्रशंसा गर्दै जीसीएस इन्टरनेसनलले धन्यवाद व्यक्त गरेको छ ।

जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् ।

जुन ४ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा अशोकसहित विभिन्न राष्ट्रका १३ जना निर्णायक प्यानलमा थिए । एसिया महादेशबाटै अशोक निर्णायक प्यानलमा मनोनित हुने एक्लो हुन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस