Techie IT
×
गृहपृष्ठखेलकुदललितकृष्ण श्रेष्ठलाई एन्फाको ‘भ्रष्टाचार’बाट यसरी जोगाएका थिए गणेश थापाले…

ललितकृष्ण श्रेष्ठलाई एन्फाको ‘भ्रष्टाचार’बाट यसरी जोगाएका थिए गणेश थापाले…


काठमाडौं, २९ जेठ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको पाचौँँ स्मृति दिबस ।

एन्फा पूर्व अध्यक्ष गणेश थापाले यसरी सम्झिए ललितकृष्णलाई, ‘स्वर्गीय ललितकृष्ण श्रेष्ठ जस्तो ईमान्दार व्यक्तिलाई सार्वजनिक लेखा समितिमा एन्फा कम्प्लेक्स बनाउँदा भ्रष्टाचारको आरोप लगाएर उजुरी दिने र निलम्बन गराउन सफल भएकाहरुले आजको दिनमा आत्माआलोचना गर्दै माफी मागेमा स्वर्गीय ललित प्रति सच्चा श्रद्धाञ्जली हुनेछ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड ज्युको निवासमा माननीय जनार्दन शर्मा ज्यू, राखेपका सदस्यसचिव युवराज लामाको बीचमा भएको कुराकानीमा यदि एन्फामा कुनै किसिमको अनियमितता भएको छ भने त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु भनेपछि स्वर्गीय ललितलाई निलम्बित हुनबाट जोगाउन सफल भई कार्यवाहक अध्यक्ष बनाएको स्मरण गर्न चाहन्छु। नेपाली फुटबलले सदैव सम्झिरहने मध्येको एक नाम हो स्वर्गीय ललितकृष्ण श्रेष्ठ ।’


क्याटेगोरी : खेलकुद
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस