Techie IT
×
गृहपृष्ठखेलकुदसिलवाललाई राखेपमा नियुक्ति गर्नुको सर्वोच्चद्वारा कारण देखाउ आदेश

सिलवाललाई राखेपमा नियुक्ति गर्नुको सर्वोच्चद्वारा कारण देखाउ आदेश


काठमाण्डौ, १४ साउन । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले सिलवाल नियुक्तिको निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका रिटमा न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस