गणेश थापाले किन मागे एन्फा अध्यक्षको राजीनामा ?
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको राजीनामा माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा कर्मा छिरिङले राजिनामाको कुनै विकल्प नभएको उल्लेख गरेका छन् ।
थापाले लेखेका छन्, ‘मधेशी आयोगमा गएर आफ्नो गल्ती स्वीकार्दै लिखितरुपमा क्षमायाचना माग्दै आत्म आलोचना गरेपछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाइ फिफा र एन्फाको विधान अनुसार कारबाही गर्न थप प्रमाण प्राप्त भएको छ। उहाँले स्वयम् आफ्नो गल्ती स्वीकार गर्नु भएको छ। केही दिन अघिसम्म मैले बोलेकै छैन। मेरो बारेमा कुप्रचार भयो र फुटबल विकास नचाहनेहरुले गरेको हल्ला मात्र हो भन्नु भएको थियो। फिफा र एन्फाको विधानमा माफी मागेर माफी दिने व्यवस्था छैन।’

एशियाली फुटबल महासंघको पूर्व उपाध्यक्ष समेत भएका थापा लेख्छन्, ‘यदि कर्मा छिरिङ शेर्पालाई माफी दिने हो भने भोलिदेखि सबैले आत्मा आलोचना गर्दै माफि माग्नेछन्। फिफा र एन्फाले सबैलाई माफि दिँदै जाने हो भने फिफा तथा एन्फाको विधानको औचित्य समाप्त हुन्छ। ललितपुर जिल्ला फुटबल संघका अध्यक्षले माफी माग्दा पनि अवैधानिक तरिकाले एन्फाले कारबाही गरेको छ। एन्फा अध्यक्षलाई माफी मागेकै भरमा माफी दिन मिल्ला त। ? बिधान त सबैको लागि बराबर हुन्छ होला।’
थापालले एशियाली फुटबल महासंघमा भ्रष्टाचार गरेको आरोमा उनलाई कारबाही गरी पद निलम्बन गरेको छ । भ्रष्टाचारकै आरोपमा उनी एन्फाबाट पनि निलम्बन भएका हुन् ।
क्याटेगोरी :
खेलकुद
ट्याग : #hot