नर्विच सिटीमाथि चेल्सी १–० ले बिजयी
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा भएको खेलमा घरेलु टोली चेल्सीले रेलिगेशनमा गइसकेको नर्विच सिटीमाथि १–० को जित निकालेको हो।
चेल्सीको जितमा एकमात्र निर्णायक गोल ओलिभिअर जिराउडले गरे। क्रिस्टियन पुलिसिकको पासमा पहिलो हाफको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका हुन्।
जितसँगै चेल्सी अंकतालिकाको शीर्ष तीनमा छ। अर्को सिजन च्याम्पियन्स लिग खेल्नका लागि शीर्ष चारमा चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको कडा प्रतिस्पर्धा चलिरहेको छ। ३६ खेल खेलेको चेल्सीको ६३ अंक छ भने समान ३५ खेल खेलका लेस्टर सिटी र म्यानचेस्टर युनाइटेको समान ५९ अंक छ।
अर्कोतर्फ २१ अंक जोड्दै तालिकाको पुछारमा रहेको नर्विच सिटी भने यसअघि नै रेलिगेशनमा पर्ने निश्चित भइसकेको थियो।
क्याटेगोरी :
खेलकुद