Techie IT
×
गृहपृष्ठखेलकुदटेबलटेनिस खेलाडी अनिता महर्जन सम्मानित

टेबलटेनिस खेलाडी अनिता महर्जन सम्मानित


काठमाडौं, ३ असार । नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ ।

नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पु¥याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको अनिताले जानकारी गराइन् ।

अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन् । तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई पार्टनर र प्रोमोटर पनि चयन गरिएको छ । अनिताले परिवारकै सहयोगमा सामाखुशीस्थित सरकारी धारामा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी छन् । अनिता उक्त क्लबको प्रमुख कार्यकारी अधिकृत हुन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #anita maharjan


तपाईको प्रतिक्रिया दिनुहोस