Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने जमैकाबाट खेल्ने


काठमाडौं, २३ असार । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । उनले ड्राफ्टमा ९० हजार डलर मूल्य तोकेका थिए ।

सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठूलो अनुबन्ध पनि हो । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् ।


क्याटेगोरी : खेलकुद, प्रवास
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट