Techie IT
×
गृहपृष्ठखेलकुदसहीद स्मारक बी डिभिजन लिग फुटबल आजदेखि

सहीद स्मारक बी डिभिजन लिग फुटबल आजदेखि


काठमाण्डौ, ११ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गएको वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः १५ बजे तथा दोस्रो खेल दिउँसो ३ः ३० बजे हुने एन्फाले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, बाग्मती प्रदेश
ट्याग : #football, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)