Techie IT
×
गृहपृष्ठखेलकुदराखेपका पूर्व सदस्य–सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य–सचिव सिंहको निधन


काठमाडौं, १४ असार ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।


क्याटेगोरी : खेलकुद


प्रतिक्रिया दिनुहोस