Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

विश्वकप क्रिकेटमा आज नेपाल पाकिस्तानसँग खेल्दै


काठमाण्डौ : दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग खेल्न लागेको छ । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

यू–१९ विश्वकपमा नेपाल समूह डी मा छ । यो समूहमा नेपाल, न्युजिल्यान्ड , पाकिस्तान र अफगानिस्तान रहेका छन् । आजै श्रीलंका र नामिबीया तथा वेस्ट इण्डिज र स्कटल्याण्डबीचको खेल पनि हुँदैछ । सबै खेल दिउँसो १:४५ बजे शुरु हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट