Techie IT
  • २०८० असोज ७, आइतबार

राष्ट्रिय भलिबलको उपाधि गण्डकीले जित्यो


कास्की । गण्डकी प्रदेशले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ ।

आज मङ्गलवार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ ले हराउँदै गण्डकीले उपाधिसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । गएको वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । ुलाइट प्रोटेस्टु का कारण सोमवारको फाइनल १–१ सेटको बराबरीपछि आजका लागि सरेको थियो ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमायो । दोस्रो सेट गण्डकीले २५–१९ ले जित्यो । यस्तै तेस्रो सेट फेरि पुलिसले २५–२१ ले जिते पनि पछिल्ला दुई सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो । गण्डकीले चौथो सेट २८–२६ र अन्तिम सेट १५–११ ले जित्यो ।

उपविजेता बनेको पुलिसले पुरस्कार स्वरूप एक लाख रुपैयाँ प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो हुँदै ५० हजार रुपैयाँ पायो ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा (बेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।

पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले सोमवार महिलातर्फको उपाधि जितेको थियो ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १० औँ संस्करणको लामाचौर कपमा महिलातर्फ चार र पुरुषतर्फ पाँच वटा टिमले भाग लिएका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट