Techie IT
  • २०८० मंसिर २५, सोमबार

बङ्गलादेशले भारतलाई दियाे २ सय ६६ रनकाे लक्ष्य


काठमाडौं । एसिया कप क्रिकेटकाे सुपर फाेरकाे अन्तिम खेलमा बङ्गलादेशले भारतलाई २ सय ६६ रनकाे लक्ष्य दिएकाे छ ।

काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बङ्गलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनायाे । बङ्गलादेशका लागि कप्तान शाकिब अल हसनले सर्वाधिक ८० रन बनाए । ताेहिद हृदाेयले ५४ र नसुन अहमदले ४४ रन बनाए । बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ र माेहम्मद शमीले २ विकेट लिए ।

याे 'सुपर फाेर' काे अन्तिम खेल हाे । एसिया कपकाे फाइनल पर्सि आइतवार हुँदैछ । फाइनल खेल्ने टाेलीकाे टुङ्गाे लागिसकेका कारण याे खेल धेरै महत्त्वकाे छैन । फाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट