Techie IT
×
गृहपृष्ठखेलकुदअन्तराष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण

अन्तराष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण


काठमाडौं, ४ असार । दोस्रो अन्तराष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदक सहित चौथो स्थान हासिल गरेको छ ।

अन्तराष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ देखि १० तारिखसम्म आयोजना गरेको भर्चुअल प्रतिश्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो । प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन ‘हामी टाढा छौँ तर एक छौँ’ भन्ने मूल नाराकासाथ प्रतियोगिता आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको हो । । प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिश्पर्धा भएको थियो भने सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्याडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेका थिए ।

साथै अन्य खेलाडीहरुमा मौसम बुढामगरले क्याडेटको काता, अंकित गुरुङ्गले सिनियर तर्फ कुमुते र साहिल घलेले क्याडेट तर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन । रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहक, दिव्या गौतम, शोनी राई रहेका छन् भने कास्य पदक हासिल गर्ने खेलाडीहरुमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दश दिने प्रतियोगतिामा नेपाल सहित बिभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मोरोक्को, बोस्निया, इस्कोजिया, अलजेरिया, न्यूजिल्याण्ड र प्यालेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीहरु प्रतिश्पर्धामा उत्रिएका थिए । उतm प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस