Techie IT
×
गृहपृष्ठखेलकुद‘म्याच फिक्सिङ’को मुद्धा लागेका पाँच फुटबलरले सर्वोच्चबाट पाए सफाइ

‘म्याच फिक्सिङ’को मुद्धा लागेका पाँच फुटबलरले सर्वोच्चबाट पाए सफाइ


काठमाडौं, २ असार । ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा ‘म्याच फिक्सिङ’ गरेको दाबीसहित विशेष अदालतमा पाँचै जना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा ‘म्याच फिक्सिङ’ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्यविरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।

राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले विशेष अदालतकै फैसलालाई सर्वोच्चले सदर गरेको जानकारी दिए ।

विशेष अदालतले यसअघि पाँच जना खेलाडी र एक प्राविधिक गरी छ जनालाई उक्त अभियोगमा निर्दोष ठहर गर्दै २०७५ साल जेठ २४ गते सफाइ दिएको थियो । सरकारी अभियोजन पक्षले २०७५ मङ्सिर २० मा उक्त विशेषको फैसलालाई चुनौती दिँदै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा ‘म्याच फिक्सिङ’ गरेको दाबीसहित विशेष अदालतमा पाँचै जना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा ‘म्याच फिक्सिङ’ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्यविरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस