Techie IT
×
गृहपृष्ठविज्ञानसंसारकै ठूलो ‘इलेक्ट्रिक’ जहाजले पहिलो पटक सफल उडान भर्यो

संसारकै ठूलो ‘इलेक्ट्रिक’ जहाजले पहिलो पटक सफल उडान भर्यो


एजेन्सी, १ असार । संसारकै सबैभन्दा ठूलो इलेक्ट्रिक जहाजले पहिलो पटक सफल उडान भरेको छ । अमेरिकाको स्टार्टअप कम्पनीले यो जहाज बनाएको हो । यो जहाजमा नौ यात्रु क्षमताको रहेको छ । यो जहाज ३७ फिट लामो छ ।

पहिलो उडानमा यो जहाज अमेरिकी आकाशमा ३० मिनेटसम्म रहेको थियो । यो जहाजको नाम इक्याराभान हो ।

इक्याराभानलाई अमेरिकी कम्पनी स्टार्टअपको म्याग्नी एक्सले बनाएको र एयरोस्पेस इन्जिनियरिङ फर्म एयरोटेकले केही परिवर्तन गरेको थियो । दुई कम्पनी मिलेर सेसना क्याराभान २०८ बी जहाजको इक्याराभानमा परिवर्तन गरेका थिए । यो जहाज मे महिनाको २८ तारेखमा उडाइएको थियो ।

इक्याराभानको इलेक्ट्रिक मोटरबाट ७५० हर्जपावरको ऊर्जा जेनरेट हुन्छ । त्यहीँ ऊर्जाले यो जहाज उड्न सक्छ । म्याग्नीएक्स कम्पनीले छोटो दूरीका लागि यी जहाजको प्रयोग गर्न सकिने जनाएको छ ।

यसअघि ६ सिटर इलेक्ट्रिक जहाजको परीक्षण क्यानडाको भ्यानुभरमा गरिएको थियो । त्यो हार्बर एयरको विमान रहेको थियो । त्यसलाई १५ मिनटसम्म आकाशमा उडाइएको थियो । हार्बर एयर धेरैजसो समुद्र, नदी र तालमा उडान भर्न सक्ने जहाज हो ।

केही हप्ताअघि इंग्ल्याण्डको क्रेनफिल्ड एयरोस्पेस सोलुसन कम्पनीले सन् २०२३ सम्म संसारभर इलेक्ट्रिक जहाज उड्न सक्ने र संसारको दूरी अब धेरै कम हुँदै जाने जनाएको थियो ।

इक्याराभानले एक पटकमा १ सय ६० किलोमिटरसम्मको दूरी उड्न सक्छ । यसको अधिकतम गति १ सय ८३ किलोमिटर प्रतिघन्टा हो । कम्पनीले २०२१को अन्तिमसम्म यो जहाज उपलब्ध गराउन सक्ने जनाएको छ ।


क्याटेगोरी : विज्ञान


प्रतिक्रिया दिनुहोस