Techie IT
×
गृहपृष्ठविज्ञानआज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना


काठमाण्डौं, ३१ भदौ । काठमाण्डौ उपत्यकासहित देशभर झरी परेको छ । आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि पनि झरी पर्ने सम्भावना छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । भोलि पनि पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थान भन्दा उत्तरमा सरेको छ । यस्तै, भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र बनेको छ । यसकै प्रभावका कारण हिजोदेखि मौसम बदली भइ पानी परिरहेको हो ।


क्याटेगोरी : विज्ञान
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस