Techie IT
×
गृहपृष्ठविज्ञानकोरोना खोप विकासमा थुप्रै मुलुकका वैज्ञानिकहरुको राम्रो नजिता

कोरोना खोप विकासमा थुप्रै मुलुकका वैज्ञानिकहरुको राम्रो नजिता


एजेन्सी, १५ साउन । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वभर खोप विकासको क्रम चलिरहेको छ । थुप्रै मुलुकका वैज्ञानिकहरुले अहिलेसम्म राम्रो नजिता हात पारेको खबरहरु पनि आइरहेका छन ।

यसै सन्दर्भमा ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीपछि ईम्पेरियल कलेज अफ लण्डन खोप विकास र परीक्षणको दौडमा सफलताको नजिक पुगेको छ । ईम्पेरियल कलेज अफ लण्डनले विकास गरेको कोवासी वान (सिओविएसी वान) को दोस्रो चरणको मानवीय परीक्षण सुरु भएको हो ।

यसका लागि ब्रिटेन सरकारले ५६० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । कोवासी वान भ्याक्सिनको पहिलो मानवीय परीक्षणका क्रममा ९० जनालाई सहभागी गराइएको थियो ।

त्यो परीक्षणमा सकरात्मक र सुरक्षित परिणाम आएकाले दोस्रो परीक्षणका लागि उत्साहित भएको ईम्पेरियल कलेज अफ लण्डनका सरुवा रोग विभागका डा।प्रोफेसर रबिन शेटाकले बताए ।

दोस्रो चरणको परीक्षणमा १८ देखि ७५ बर्ष उमेर समुहका ३०० जनालाई सहभागी गराइएको छ । यो परीक्षणको नेतृत्व गरिरहेका डाक्टर केटरिना पोलाकका अनुसार पहिलो चरणको परीक्षणको नतिजा राम्रो आएकाले दोस्रो चरणको परीक्षण गर्न लागिएको हो ।

यो भ्याक्सिन भाइरसको जेनेटिक पदार्थबाट तयार पारिएको हो । यो भ्याक्सिनले कोरोना भाइरसको बाहिरि भागमा हुने स्पाइक प्रोटिनले मानिसको शरीरमा रहेको रोग प्रतिरोधी क्षमता बढाउन सक्रिय बनाउछ र भाइरसलाई नष्ट गर्ने ईम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिकहरुले बताएका छन् ।

यो दोस्रो चरणको परीक्षण सफल भए आगामी अक्टोबरमा ६००० मानिसमा तेस्रो चरणको परीक्षण गर्ने कलेज अफ लण्डनले योजना बनाएको बेलायती अनलाइन सञ्चार संस्था इन्डिपेन्डेन्टले जनाएको छ ।


क्याटेगोरी : विज्ञान
ट्याग : #Corona, #corona vaccine


तपाईको प्रतिक्रिया दिनुहोस