Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

मनसुन सुरु हुन पाँच दिन लाग्ने


काठमाडौं, २८ । नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीबाट आएको जलवायुक्त हावा अहिले भारतको आकाशमै रहेकाले नेपालमा आइपुग्न चारदेखि पाँच दिन लाग्ने भएको हो । मौसमविद् लामिछानेले भने, ‘‘बङ्गालको खाडीबाट आएको जलवाष्ययुक्त हावा नेपाल आउन अझै चारदेखि पाँच दिन लाग्ने देखिएको छ । हामी यसको नियमित मनिटरिङ गरिरहेका छौँ ।’’ अहिले देशको पूर्वी भागमा मनसुन सुरु हुने अनुकूल वातावरण निर्माण भएकाले तापक्रम पनि घट्दै जाने उहाँको भनाइ छ । लामिछानेका अनुसार तराईका अधिकांश स्थान र पहाडी क्षेत्रको तापक्रम हिजो अस्तिको तुलनामा कम हुँदै गएको छ ।उनले भने, ‘‘अब मनसुन सुरु हुने समय नजिकिएकाले पूर्वी क्षेत्रमा मनसुन अनुकूल वातावरण निर्माण भइरहेको छ । जसका कारण देशका पूर्वी तराईका क्षेत्रमा र पहाडी क्षेत्रमा तापक्रम घट्दै गएको छ ।’’ हिजो ४०/४२ डिग्री सेल्सियस तापक्रम भएका ठाउँमा आज ३७र३८ डिग्री सेल्सियस रहेको छ । मनसुन सुरु नहुँदासम्म मौसम आंशिक बदली भइरहने भएकाले तापक्रम नबढ्ने उनी बताउँछन् । आज कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना पनि रहेको उनले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट