Techie IT
×
गृहपृष्ठविज्ञानआज देशका धेरै ठाउँमा पानी पर्ने

आज देशका धेरै ठाउँमा पानी पर्ने


काठमाण्डौ, १२ असार । आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, प्रदेश २ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भावना रहेको छ।

पहाडी भू–भागमा पहिरो तथा नदीमा पानीको बहाव बढ्ने भएकाले बाढीको जोखिम हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच झापाको चन्द्रगढी विमानस्थल आसपासमा धेरै पानी परेको र थप पानी पर्ने सम्भावना रहेकोले सचेत रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

चन्द्रगढी विमानस्थलमा रहेको वर्षामापन केन्द्रको विवरण अनुसार पछिल्लो १२ घण्टामा झण्डै एक सय ५२ मिलीमिटर पानी परिसकेको र अझै पानी पर्ने सम्भावना रहेको शाखाले जनाएको छ । बढी पानी पर्दा झापाका डुबान भइरहने होचा ठाउँहरुमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।


क्याटेगोरी : विज्ञान
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस