कोरोनाको औषधि भनिएको पतञ्जलीको तेलमा भारतद्वारा रोक
एजेन्सी । भारतीय योग गुरु बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलीले विकास गरेको कोरोना भाइरसविरुद्धको औषधिमा भारत सरकारले रोक लगाएको छ ।
पतञ्जलीले कोरोना निको पार्ने भन्दै दावी गरेको ‘कोरोनिल ट्याबलेट’ र ‘श्वासारी बटी’ नाम गरेका दूई औषधीलाई भारतको आयुष मन्त्रालयले प्रचार प्रसार र विक्रि वितरणमा रोक लगाएको हो ।
भारतीय आयुष मन्त्रालयले भनेको छ, बिना प्रमाण वा परिक्षण नगरी कोरोना विरुद्धको औषधी निर्माण गरेको दाबी गर्नु उचित छैन ।
मन्त्रालयले उक्त औषधीको प्रयोग र परिक्षणबारेको विवरण माग गरेको बिबिसीले जनाएको छ ।
मन्त्रालयबाट भर्खरै भएको यो अवरोध बारे पतञ्जलीका अध्यक्ष स्वामी बालकृष्णले यसलाई कम्युनिकेशनको ग्याप बताउँदै आयुष मन्त्रालयलाई सबै विवरण उपलब्ध गराइसकेको बताएका छन ।
‘कोरोनिल ट्याबलेट’ र ‘श्वासारी बटी’ नामक दुई औषधिलाई स्वामी बाल कृष्णले कोरोना विरुद्वको सम्पूर्ण मापडण्ड पुरा गरीसकेको र आयुष मन्त्रालयले प्रयोग गर्न अनुमती दिइसकेको आफनो ट्वीट् मार्फत जानकारी गराएका थिए ।
क्याटेगोरी :
विज्ञान,
स्वास्थ्य