काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट गगन थापा दलको नेतामा उम्मेदवार बनेपछि समूहको नेता को भन्ने बहस चलिरहेको छ ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेस नेता शेखर कोइराला समूहको बैठक बसिरहेको छ ।
वैठकमा कांग्रेसभित्रको पछिल्लो घटनाक्रमबारेमा छलफल चलिरहेको वैठकमा सहभागी एक नेताले बताए ।
पछिल्लो कार्य सम्पादन समिति बैठकमा गगन थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयमा नोट अफ डिसेन्ट लेख्दा शेखर र धनराज भने मौन बसेका थिए ।
गगनले समूहको नेता बन्न खोजेपछि शेखर समूहका सिनियर नेताहरू भड्किएको आरोप छ ।
शेखर–गगन समूहमै विभाजन विवाद र अविश्वासको वातावरण देखिएपछि गुरुङले महत्वाकांक्षा रोक्न शेखरलाई सभापति उम्मेदवार घोषणा गर्न प्रस्ताव राखेका हुन् ।
भेलामा प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको सो समूहले निष्कर्ष निकालेको छ ।
बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।
वैठकमा सहभागी तनहुँ जिल्लाका सांसद चन्द्र भण्डारीले नेपाली कांग्रेसभित्र स्पष्ट दृष्टिकोण नभएको बताए । नेपाली कांग्रेस अझै पनि राष्ट्रपति पाउँछु कि भनेर हिँड्नु गलत भएको नेता भण्डारीको तर्क छ ।
गठबन्धन गरेर निर्वाचनमा गयौं । कांग्रेस ठूलो पार्टी पनि भयो । त्यहाँसम्म ठिक छ तर, सरकार गठनका बेला गठबन्धन किन टुट्यो ? हामीले अहिलेको अवस्थामा किन सरकारलाई विश्वासको मत दियौँ यसको उत्तरको खोजी हुन जरुरी भएको सहभागीहरुले बताएका छन् ।
क्याटेगोरी :
राजनीति
ट्याग : #breaking