Techie IT
×
गृहपृष्ठराजनीतिसरिता गिरीको सांसद पद निलम्बन हुने, साधारण सदस्यसमेत नरहने गरी पार्टीले कार्वाही गर्दै

सरिता गिरीको सांसद पद निलम्बन हुने, साधारण सदस्यसमेत नरहने गरी पार्टीले कार्वाही गर्दै


काठमाडौं, १ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने तयारी गरेको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको हो ।

पार्टी नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई जिल्लातिर गएकाले दुवै नेताहरु काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने एक नेताले बताए ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस