Techie IT
×
गृहपृष्ठराजनीतिनिर्वाचनमा नराम्रो झड्कापछि माओवादी केन्द्रको पदाधिकारीको समीक्षा वैठक शनिवार

निर्वाचनमा नराम्रो झड्कापछि माओवादी केन्द्रको पदाधिकारीको समीक्षा वैठक शनिवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अपेक्षा गरेभन्दा निकै कम संख्या सांसद जितेपछि देशव्यापी भएको निराशाका बीचमा सो पार्टीको पदाधिकारीको समीक्षा वैठक शनिवार दिनको ३ बजे पेरिसडाँडामा बस्दैछ । पार्टीको पराजयको प्रारम्भिक समीक्षा गर्ने, आगामी सरकारमा जाने या नजाने, जाँदा कसरी जाने, सरकारको नेतृत्वसहित राष्ट्रपति, सभामुखमा प्याकेजमा सहमति गर्नेबारेमा छलफल हुने एक पदाधिकारीले झिल्कोलाई जानकारी दिए ।

पार्टी सरकारबाट वाहिर बसेर यही गठबन्धनलाई समर्थन दिएर पार्टी जानुपर्ने मत पनि पार्टीमा निकै प्रभावशाली रुपमा उठेको छ ।

यसो गर्दा संघको मन्त्रीमण्डलको कुरामात्र नभएर प्रदेशको सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राजनीतिक नियुक्ति समेत गुम्ने भएकाले संघ सरकारको नेतृत्व वा सहभागी हुनपर्ने मत एक पक्षको जवर्जस्त देखिन्छ ।

निर्वाचनका बेलामा टिकट नपाएका उपमहासचिव हरिबोल गजुरेलले आफूले टिकट नपाउनुको कारण पदाधिकारीको वैठक राखेर स्पष्ट पार्नुपर्ने, अध्यक्ष प्रचण्डले नै टिकट बाँड्दा तलैसम्म गुटबन्दी गरेको उनको आरोपका बारेमा हरिबोलले यो वैठकमा कुरा उठाउलान त ? भनी सोध्दा ती पदाधिकारीले भने, सन्दर्भ सकिएकाले यो विषयले खासै महत्व नपाउन सक्छ ।

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking