Techie IT
×
गृहपृष्ठराजनीतिस्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह विजयी

स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह विजयी


काठमाडौं । रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्।

नेकपा (एमाले)ले दिएको टिकट मनोनयन दर्ताको दिन दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका साह ३२ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका हुन्।

अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५ हजार २ सय मत ल्याएर दोस्रो भए।

प्रभु साहलाई पछि सत्ता गठबन्धनले समर्थन गरेको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस