Techie IT
×
गृहपृष्ठराजनीतिप्रचण्डलाई प्रधानमन्त्री देउवा र ओलीको फोन

प्रचण्डलाई प्रधानमन्त्री देउवा र ओलीको फोन


काठमाडौं । संसदीय चुनावको नतिजा सार्वजनिक भइरहेका बेला बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्। बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई देउवा र ओलीले फोन गरेर बधाई दिएका हुन्। फोनमा उनीहरूले एकआपसमा बधाई साटासाट समेत गरेका थिए ।

ओलीले भने प्रचण्डसँग मिलेर जानेबारे कुराकानी गरेका थिए। ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको समेत बताएका थिए।

सचिवालय स्रोतले भन्यो– ‘सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन । त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो । अरु केपी कमरेडले मिलेर जान राखेको प्रस्तावका विषयमा सिएमले कुनै जवाफ दिनुभएन ।’

प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #prachanda

तपाईको प्रतिक्रिया दिनुहोस