गृहपृष्ठ ∕
राजनीति ∕
बामदेवलाई राष्ट्रियसभा मनोनयन गर्ने एजेण्डा नै गएन मन्त्रिपरिषद्मा
बामदेवलाई राष्ट्रियसभा मनोनयन गर्ने एजेण्डा नै गएन मन्त्रिपरिषद्मा
काठमाडौं, १९ भदौ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने अपेक्षा लिएको थियो। तर, बिहान ११ बजेदेखि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमको सिफारिस नगरी समापन गरेको छन।
गौतमलाई राष्ट्रियसभा मनोनयन गर्नका लागि मन्त्रिपरिषद् बैठकले सिफारिस नगरेको एक मन्त्रीले बताए। अर्को बस्ने मन्त्रिपरिषद्ले सिफारिस गर्न सक्ने ती मन्त्रीको भनाइ छ। गौतमलाई यस अघि फागुन १४ गते बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो। त्यो बेला प्रधानमन्त्री केपी ओलीले आफूले नमान्ने जवाफ दिएका थिए।
बिहीबारको सचिवालय बैठकमा ओलीले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयमा सहमति जनाएका थिए। सचिवालयका सबै सदस्यहरुले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयमा सर्वसम्मत निर्णय भएको जनाएका थिए।
गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएपनि राष्ट्रियसभामा लग्ने नेकपाले निर्णय गरिसकेको छ।
बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आफू सरकार बाहिर भएपनि सहयोग गर्ने वचन दिएका थिए। खतिवडाको म्याद भोलिसम्म भएकाले शुक्रबार बेलुका ४ बजे राजीनामा दिने भएका छन्।
क्याटेगोरी :
राजनीति
ट्याग : #bamdev gautam,
#breaking,
#hot,
#nekapa,
#नेकपा